बेलायतमा ‘इ-मेडिया हब’को स्थापना

बिगत लामो समय देखि आ–आफ्नै ढंगले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएका एक दर्जन भन्दा बढी सर्जकहरु एभरेस्ट इन्टरटेन्मेन्ट एण्ड मेडिया हब अर्थात इ-मेडिया हबमा आवद्ध भएका छन।

मनोरन्जन र मेडिया दुई मुलधारलाई आधार बनाएर समाजको सेवा गर्ने इमेडिया हबको उदेश्य रहेको साथै बेलायती नेपाली समाजमा सबै जातजातीहरुलाई समेट्दै निश्चल नेपाली मनोरञ्जनात्मक वातावरणको आवश्यक्ता महशुस गरि इमेडिया हबको जन्म भएको कुरा अवधारण प्रवर्तक तथा सिइओ ईश्वर चाम्लिङले प्रेश मिटमा बताउनु भयो ।

बेलायतको अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टमा २० नोभेम्बर आइतबार आयोजित शेयरहोल्डर मिटिङ तथा प्रेश मिट कार्यक्रममा इ-मेडिया हब लिमिटेडको बोर्ड अफ डायरेक्टरहरुको चयन सहित बर्ष २०१६/१७ सिजन १ र सिजन २ का कार्यक्रमहरुको सार्वजनिक गरिएको थियो ।

बोर्ड अफ डायरेक्टरसको नेतृत्व चिफ एक्चुकेटिभ अफिसरमा ईश्वर चाम्लिङ चुनिनु भएको छ ।

चिफ फाइनान्सियल अफिसरमा कृष्ण मेन्याङ्बो र मुकेश राई, चिफ अपरेटिंग अफिसरमा नवराज राई तथा किसन राई, चिफ एड्मिनिस्ट्रेसन अफिसरमा किशोर पुन, चिफ मार्केटिङ अफिसरमा किरण चाम्लिङ र दिपक राई, चिफ मेडिया अफिसरमा जानुका राई र भुमिराज राई चुनिनु भएको छ ।

कार्यक्रमको अन्तमा आयोजना गरिएको प्रेस मिटलाई सम्बोधन गर्दै सिजन १ मा न्यु इयर इभ डान्स पार्टि सँगै इमेडिया हब जन्मोत्सब कार्यक्रमको आयोजना गरिने जानकारि गरियो ।

सनिबार ३१ डिसेम्बर २०१६ मा आयोजना गरिने सो कार्यक्रम फ्रि सो अर्थात बिना टिकट आयोजना गरिने साथै कम्पनिले एकतोलाको सुनको लकेट सहितको इमेडिया हब राफलड्रको पनि आयोजना गरिने जानकारि गरिएको छ ।

इमेडिया हव सिजन २ मा नेपालबाट चर्चित कलाकारहरु मनोज गजुरेल, रेवत राई, मेलिना राई र माला लिम्बु सहितको सांगितीक कार्यक्रमहरु बेलायतको बिभिन्न सहरहरुमा आयोजना गरिने जानकारि गरिएको छ।

जानुका राई
बेलायत





Comments

comments

Leave a Reply

15123