न्युज अपडेटः हराएकी युवती भेटिइन्…

हराएकी युवती भेटिइन्
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ नोभेम्बर। हङकङ आएदेखि सम्पर्कबिहीन भएका दुई नेपाली युवतीहरु चित्रा गुरुङ र सृजना लिम्बू विहीबार बिहान सम्पर्कमा आएका छन्। उनीहरु साथीमा बस्दै आएको खुलेको छ।

बेलायतबाट हङकङ अाएदेखि नै सम्पर्कमा नआएपछि परिवार र आफन्तबाट उनीहरुको खास गरी चित्रा गुरुङको व्यापक खोजि भइरहेको थियो।

हप्तादिनभन्दा बढी दिनसम्म सम्पर्कमा नआएपछि हङकङ प्रहरीलाई समेत खोजबिनको लागि आग्रह गरेको थियो। नेपाली युवती हराएको सूचना हङकङ प्रहरीले सार्वजनिक गरेपछि एचकेनेपाल डट कमले ब्रेकिङ न्युज भन्दै विशेष समाचार प्रकाशित गरेको थियो।

समाचार प्रकाशित भएको केही समयपछि हराएका भनिएका चित्रा गुरुङ आफै सम्पर्कमा आएकी हुन्।

यस समाचारलाई शेयर गरेर सहयोग गरिदिनु हुने सबैमा एचकेनेपाल डट कम हार्दिक आभार व्यक्त गर्दछ।

BREAKING NEWS: बेलायतबाट आएकी नेपाली युवती हङकङमा बेपत्ता

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ नोभेम्बर । बेलायतबाट हङकङ आएकी नेपाली युवती चित्रा गुरुङ हप्ताभन्दा बढी दिनदेखि सम्पर्कबिहीन भएकी छिन्।

१७ वर्षीया चित्रा नोभेम्बर ८ तारिख बेलायतबाट हङकङ उडेकी थिइन्। हङकङ विमानस्थलमा नोभेम्बर १० तारिख राति करीब ११ बजे अोर्लिएदेखि नै उनी सम्पर्कबिहीन रहेकी हङकङ प्रहरीले जनाएको छ।

हङकङ आउनसाथ हराएकी चित्र ४ दिनसम्म पनि सम्पर्क नआएपछि परिवारले चित्राको खोजि गरिदिन प्रहरीलाई आग्रह गरेको छ।

१.५७ मिटर अग्ली, ५३ केजी तौल भएकी, लाम्चो अनुहार, छोटो कालो-खैरो कपाल भएकी १७ वर्षीया चित्रा गुरुङ नाम गरेकी युवतीलाई कसैले देखेमा नं 3661 3085 / 6273 5787 मा फोन गर्न वा हङकङ प्रहरीको इमेल [email protected] मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

कृपया यो समाचार शेयर गरेर सहयोग गरि दिनुहोला….





Comments

comments

Leave a Reply

15137