टप्स गाइजले गरे विद्यार्थीलाई सहयोग

अर्जुन गिरी
पोखरा, १० मंसिर । टप्स गाइज पोखराका युवाले विद्यार्थीलाई रकम सहयोग गरेको छ । लाप्राकका दुई विद्यार्थीलाई टप्स गाइजले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । भूकम्प गएपछि उनीहरु गाउँ छाडेर हाल पोखरा बस्दै आएका उनीहरुलाई टप्स गाइजले सहयोग गरेका हुन्।

हिल प्वाइट माटेपानीमा पढ्ने मनबहादुर गुरुङ र अमरसिंह उमाविमा पढ्ने आकाश गुरुङलाई सहयोग गरिएको टप्स गाइजका सदस्य सुमन गुरुङले बताए । ‘भूकम्प पीडित ती विद्यार्थीहरु यस्तै व्यक्तिगत सहयोगबाटै पढेका रहेछन्,’ उनले भने, ‘उनीहरुलाई थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुसी लागेको छ ।’

व्यक्तिगत कामलाई मात्र नभएर समाजिक क्षेत्रमा पनि सहयोग गर्ने दायित्व युवाहरुको रहेको गुरुङको धारणा थियो । ‘हाम्रो युवाले अब समाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने भनेर अघि बढ्का छांै,’ उनले भने, ‘यो सुरुवात हो आगामी दिनमा हामी यस्तो कार्यमा सक्रिय भएर लाग्ने छौं ।’





Comments

comments

Leave a Reply

15160