गेसोले वार्ताका बिरुद्धमा अहिले दाबी गर्दै हिडेको कुतर्कप्रति आम गोरखाका प्रश्नहरु…

गेसोले वार्ताका बिरुद्धमा अहिले दाबी गर्दै हिडेको कुतर्कप्रति आम गोरखाहरुका प्रश्नहरु…

———————————————-
सन्तोष थलङ –

१. सन् २००८ बेलायती उच्च अदालतले त्रिपक्षीय सन्धि खारेज गरिसकेको रे ???
प्रश्न : ३ देशको सरकारहरूले गरेको त्रिपक्षीय सन्धि कुनै एक देशको अदालतले खारेज गर्न सक्छ?
त्रिपक्षीय सन्धि खारेज भएको भए, केका आधारमा गोरखा भर्ति निरन्तर भईरहेकोछ ? यदि खारेज भएको हो भने के अहिलेको बृगेड अफ गोर्खाज मर्सिनरीका कम्पनीहुन त?

२. सन् २००९ मा गोरखाहरुलाई पूर्णरुपमा कमनवेल्थ राष्ट्रका ब्रिटिश सेनाले पाउने सुबिधा पाउने घोषणा गरेको थियो रे!?!?!?
प्रश्न : २००९ को निर्णायक आन्दोलनका क्रममा सेटलमेन्ट राइट्स बाहेक समान पेन्सन, क्षतिपूर्तिलगायतका अन्य बिषयहरु, त्यो आन्दोलनमा उठाउनु नहुने भनेर पदम गुरुङको नेतृत्वले ह्वो एण्ड कोसंग मिलेर निर्देशन जारी गरेको थियो भने माग नै नगरेको कुरो बेलायतले खोजि खोजि दिन्छ? पेनसनका कुरा सेटलमेन्ट पाईसकेपछि मागौँ हजुर भनि होम सिलेक्ट कमिटीको बैठकका दौडानमा रग पुर्ज़ा र महेन्द्रलालहरूले ज्ञानराजको खुट्टा समात्न बाँकी राखेका हुन् कि हैनन?

त्यसै माथि २००३ मा नै गेसोले समान पेन्सनको मुद्धा हारिसकेको स्थितिमा बेलायतले सबै कुरो कमनवेल्थ सो सरह समान पेन्सन दिने घोषणा गर्छ?
सत्य कुरो, बेलायतले २००९ मा कमनवेल्थ कन्ट्रीका झैं गोरखाहरूलाइ सेटलमेन्ट समान सुबिधादिने तर पेनसन हैन भनेर घोषणा गरेको बिषय भनेको आवासीय अधिकार (सेटलमेन्ट राइट्स) मात्र हो।

त्यसर्थ यो आधारहीन कुतर्क गरेर सत्याग्रहलाई आरोप लगाउदै समग्र गोरखा आन्दोलनलाई नै असफल बनाउने षडयन्त्र गर्नुमा कि त, गेसोका पदाधिकारीहरुको भाषामा समस्या छ। नत्र आम गोरखाहरूलाई उल्लु बनाएर पैसा असुलि रहने घटिया चाल शिवाय केही हैन । या त पेनसन अधिकारका माँग या लडाईलाई कमजोरी बनाई एमओडीलाई नजिक बनाऊने षडयन्त्र रचिरहेकोछ।

३. सत्याग्रहले गर्दा २००९ मा बेलायतले गरेको घोषणा कार्यान्वयन भएन रे ! ?!?!?
प्रश्न : गोरखा सत्याग्रह आन्दोलन त २०१३ बाट मात्र आरम्भ भएको हो। २००९ देखि २०१३ सम्म उक्त घोषणा भएका सुविधाहरु किन लागु भएनन्? त्यो घोषणा भएको कुनै दस्तावेज छ, गेसोसंग ? गेसोले किन सार्बजानिक गरेन?

४. गेसो तत्काल त्रिपक्षीय सन्धिलाई निष्क्रिय बनाएर बेलायत र नेपालबीच दुई पक्षीय सन्धि गर्ने घोषणा गर्दै हिडेको छ।
प्रश्न : अहिले त्रिपक्षीय सन्धिलाई निष्क्रिय बनाएर दुई पक्षीय सन्धिको कुरो गर्ने हो भने अहिलेसम्म हामीले उठाउदै आएका समान पेन्सनलगायत सम्पूर्ण मुद्धाको कुनै आधार रहदैन । भएको तमासुक च्याति रद्दि भैसकेको सरह हुनेछ र यो आफ्नो गला रेटेर बेलायतलाई बलि चढाउने हर्कत किन गर्दैछ गेसोले?

साल्मे डाँडाको लागि पैसा नपुगेर, एम.ओ.डि. (MOD)लाई मलेर उसको को पैसाको सहयोग लिएर यो कुकृत्य त गर्दैछैन गेसोले ??

किन कि, गोरखाहरूमाथि भएका विभेदहरु सम्बोधन नगरी त्रिपक्षीय सन्धि तत्काल खारेज गरेर द्विपक्षीय सन्धि गर्ने बेलायती रक्षा मन्त्रालय (MOD) को धेरै पुरानो एजेण्डा हो । धन्न UBGEAN ले समयमै चाल पायो र खबरदारी गर्न सफल भयो।

५. गोरखा भर्ति बन्द गर्ने रे !
प्रश्न : गोरखा भर्ति बन्द गर्ने हो भने, किन द्वीपक्षीय सन्धि गर्न पर्यो?

नेपालमा युवाहरुलाई गोरखा भर्तिभन्दा राम्रो रोजगारीको बिकल्प छ गेसोसँग छ।

राष्ट्रियता कै कुरागर्ने हो भने गेसोले किन पैसा लिएर फारम भराई, भराी, भूपू गोरखाहरु र गोरखाका आश्रित सन्ततिहरुलाई बेलायत निर्वासनमा पठायो र पठाइरहेको छ ! के यो गोरखा भर्तिभन्दा गैरकानूनी मानव तस्करी हैन?

प्रश्न : गोरखा विभेद अन्त्य गर्ने बिषयमा हुन लागेको नेपाल र बेलायत सरकारबीचको वार्ताको किन बिरोध गर्दैछ गेसो!

प्रश्न : के गोर्खा आन्दोलन अन्त्य भए खाइ पाई आएको सुबिधा को श्रोत सुक्ने डरले त हैन?

गोरखाहरुलाई भावनात्मक ब्ल्याक मेलिङ गर्दै आर्थिक संकलन गर्ने योजना अधुरो हुने डरले त हैन?

प्रश्न : हाम्रो गम्भीर प्रश्न, गेसो किन गोरखा आन्दोलन अन्त्य गर्न संयुक्त रुपमा वार्ताका साझा सहमति बनाउनबाट भागि रहेकोछ ? आम गोरखाहरू माझ प्रत्यक्ष आफ्नो अवधारणा राख्न किन हिम्मत गरदैन ? सामूहिक साक्षात्कार कार्यक्रमहरूबाट किन भागेर लुकेर हिडिरहेको छ?

गेसोका नेतृत्वले गोरखा आन्दोलनलाई गोरखाहरुका अधिकार प्राप्तिको लागि नभएर आफ्नो दिर्घकालिन व्यवसायका रुपमा लिएकाले त हैन ???

(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)





Comments

comments

Leave a Reply

15187