मुस्ताङमा यसरी भयो – म्याडनेस क्रसकन्ट्री साइकल रेस…

एचकेनेपाल डट कम संवाददाता –
मंसिर १५, मार्फा । उपल्लो मुस्ताङमा पहिलोपटक आयोजित मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको सात चरण मध्ये छैठो चरणको रेस मार्फामा पुगेर सम्पन्न भएको छ।

ट्याङ्गेबाट मार्फासम्म रहेको छैठो चरणको रेसमा ४ घण्टा ३३ सेकेण्डमा पार गर्दै राजकुमार श्रेष्ठले अग्रता कायम राखेका छन्। बुद्धिबहादुर तामाङले ४ घण्टा ४७ मिनेट ५८ सेकेण्डमा दुरी पुरा गर्दै आफूलाई दोस्रो स्थानमा उभ्याएका छन् । यस्तै राजेन्द्र चेमजोङ्ग ४ घण्टा ४८ मिनेट ५१ सेकेण्ड, मान बहादुर थापा मगर ४ घण्टा ५७ मिनेट २५ सेकेण्ड , इजाबेल बोईड ६ घण्टा २१ मिनेट ५४ सेकेण्ड, प्रचित थापा मगर ६ घण्टा २५ मिनेट ०६ सेकेण्ड, ईयन मोरीसनले ६ घण्टा ५७ मिनेट ५७ सेकेण्ड, पुष्पा भण्डारी ९ घण्टा ४९ मिनेट ४० सेकेण्ड, फल्क मिकलेस ११ घण्टा ३० मिनेट ४० सेकेण्ड र रिकी योन्जनले ११ घण्टा ३० मिनेट ४४ सेकेण्डमा पार गरेका थिए । विभिन्न ७ चरणमा हुने यस प्रतियोगिता २२० किलोमिटरको दूरी रहेको छ।

कागबेनीबाट शुरुभएको भएको यस क्रसक्रन्ट्री साईकल रेसको पहिलो दिन १३.२ किमी दुरी पार गर्दै मुक्तिानाथ, दोश्रो दिन मुक्तिानाथबाट ४०७० मिटरको ग्याला पास हुदै २२ किमीको दूरी पार चेलेमा पुगेर सम्पन्न भएको थियो । तेश्रो दिन चेलेबाट घमीसम्मको ३६ किम दूरी रहेको थियो । जसमा प्रतियोगीहरुले ३८६० मिटरको यमदला पास, ३९०० मिटरको स्याङबोचे पास र ४०१० मिटरको नेला पासहरु प्रतियोगीले पार गदै ३६५० मिटरको उचाई रहेको घमी पुगेका थिए । चौथोदिन घमीबाट ३९०० मिटरको लोला पास हुदै २६ किमीको दूरीमा रहेको उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुगेको थियो । ३८०० मिटरमा अबस्थित लोमाङथाङ पुगेका साइकल धावकहरुले एक दिन बिश्राम गरेका थिए भने ऐतिहासिक सास्कृतिक तथा मनोरम दृश्यको अबलोकन पनि गरेका थिए।

लोमाङथाङमा एक दिनको बिश्राम पछि पाँचौ दिन लोमाङथाङबाट टागे र छैठौ दिन टागेबाट मर्फासम्मको दुरी पूरा भएको छ । पाँचौ र छैटौं दिनको यात्रा प्रतियोगिताकै अति नै कठिन चरणहरुमध्येको एक हो । ३३५० मिटरमा अबस्थित टागे सम्म ३२.३ दूरी र र टागेबाट मार्फा सम्म ४८.३ किमी रहेको थियो । छैठो चरणको टागेबाट ४२०० मिटरमा रहेको पाहला पाससम्म करीब ३ किमीको दूरी प्रतियोगीले साईकल बोकेर पार गरेका थिए।

प्रथमलाई १ लाख २५ हजार , द्वितीयलाई ७५ हजार र तृतीयलाई ५० हजार पुरस्कार राशि रहेको यो रेसको छौठो चरण सकिदासम्म १७६.१ किमीको दूरी पार भै सकेको छ । जसमा राजकुमार श्रेष्ठले १३ घण्टा ६ मिनेट ४७ सेकेण्डमा पार गदै अग्रस्थानमा छन् भने बुद्धि बहादुर तामाङ र नेपाली सेनाका मान बहादुर थापा मगर क्रमशः १४ घण्टा ३८ मिनेट ०७ सेकेण्ड र १५ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गदै श्रेष्ठ क्रमशः दितिय र तृतिय स्थानमा रहेका छन्।

नेपालमा सम्भवता बोकेको माउण्टेन बाईकिङ्गको बिकासमा योगदान पर्याउदै साहासिक खेल पर्यटन को प्रबद्र्धनका लागि यो प्रतियोगिता अयोजना गरिएको आयोजक तथा व्यवस्थापक शिखर पाण्डे बताए । हामीले उपल्लो मुस्ताङ यस किसिमको क्रसक्रन्ट्री साइकल रेस पहिलो पल्ट आयोजना गरेका हौ, पहिलोपल्ट यस किसिमको सहभागीले हामीलाई उत्साही तुल्याएको बताउदै उनले यसलाई आगामी बर्षहरु पनि निरन्तरता दिने बताए।

आजको चरण धैरे नै टेक्नीकल र गार्हो पनि थियो, साईकल बोकेर पहला पास काट्नलाई ४५ मिनेट लागेको बताउदै राजकुमार श्रेष्ठले भने प्रतिस्पर्धा पनि कडा भएतापनि टाईमिङ्गमा अन्तर रहेकोले आफूले जित्ने उनले बताए।

नेपाली सेनाका मान बहादुर थापा मगरले पाचौ र छैठो चरण निकै रमाईलो र एकदम राम्रो ट्रयाक भएको बताउदै उपल्लो मुस्ताङ साईकलिङ्गको लागि अति सम्भवता भएको ठाउ भएको र यस क्षेत्रमा यस्तो प्रतियोगितामा सहभागिता जनाउन पाएकोमो आफूलाई उत्साहित बनाएको बताए।

बेलायतमा भएको माउन्टेन बाईक ओरेन्टेरिङ्ग रेसमा बिजेता रहिसकेकी इजाबेल बोईडले यस्तो मनोरम ठाउमा साईकल कुदाउनै आफूलाई गर्ब लागेको बताउदै क्रसकन्ट्री रेस निकै नै चुनौतीपूर्ण भएता पनि एउटा अविस्मरणीय क्षण रहेको बताईन्।

उपल्लो मुस्ताङमा साइकल कुदाउन नै एउटा अदभूत क्षण हो, झनै पाआचौ र छैठौ चरण झनै टेकनिकल भएकोले रेस स्मरणीय रहने छ ईयन मोरीसनले भने, मेरो फरबिडन किङ्गडममा साइकल कुदाउन निकै रोमान्चित रहयो।

प्रतियोगिता सातौ दिनमा तातोपानीमा पुगेर सकिनेछ। साहासिक खेलको रुपमा लिईएको यस प्रतियोगितामा १ नेपाली १ बिदेशी महिला सहित ५ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता रहेको छ।





Comments

comments

Leave a Reply

15260