सामूहिक ल्होछार/ल्होसार मनाउन समितिहरु गठन…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा,१९ मंसिर। विगतका वर्षहरुमा झै यसवर्ष पनि कस्केली तमु संघ संस्थाहरुले पुसको १६ गते पोखरामा सामुहिक च्ह्य ल्होछार/ल्होसार मनाउन जुटेका छन्।

सामुहिक ल्होछार÷ल्होसारको यस वर्षको संयोजकत्व तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई जिम्मेवारी प्रदान गरे पश्चात आइतवार सम्पन्न कस्केली तमु संघ संस्थाहरुको बैठकले तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा मुल समारोह समिति सहित विभिन्न समितिहरु गठन गरेको छ । मुल समारोह समितिको सदस्यहरुमा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दलबहादुर तमु, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं तमु, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर तमु(श्याम), तमु संचारकर्मी संघ नेपालका केन्द्रीय सचिव रोशनी तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालका उपाध्यक्ष पम्फा तमु, तमु राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्मबहादुर तमु, नेपाल तमु संघ कास्कीका अध्यक्ष आसबहादुर तमु, संघीय तमु संघका संयोजक देवीराज तमु, नेपाल लोकतान्त्रिक तमु संघका गण्डकी घवलागिरी इञ्चार्ज ई.देउकाजी तमु, गुरुङ पर्यटन तथा व्यवसायी मञ्च पश्चिमाञ्चल पोखराका महासचिव कर्णबहादुर तमु र तमु राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर तमु रहनु भएको छ।

बैठकले सचिवालयको संयोजकमा तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमु, तमु ह्युल छोंज धिं कास्कीका सचिव चेतबहादुर तमु, अधिवक्ता जुनाकुमारी तमु, दुर्गाबहादुर तमु लगायतले सम्पुर्ण संघ संस्थाका सचिवहरु रहेको सचिवालय समिति गठन गरेको छ । यसरी नै आर्थिक समितिको संयोजकमा सुमे.श्रीप्रसाद तमु, सहसयोजक आसबहादुर तमु र सदस्य सु.तुलबहादुर तमु, तमु संचारकर्मी संघकी केन्द्रीय सचिव रोशनी तमुको संयोजकत्वमा सम्पुर्ण तमु सञ्चारकर्मीहरु रहेको प्रचार प्रसार समिति, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष बेदबहादुर तमु(श्याम)को संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ।

यसरी नै झाँकी व्यवस्थापन तथा मुल्यांकन उपसमितिको संयोजकमा तमु ह्युला छोंज धिं कास्कीका सचिव चेतबहादुर तमु, सदस्यहरुमा गुरुङ पर्यटन व्यवसायी मञ्च पश्चिमाञ्चल पोखराका महासचिव कर्णबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु, तमु संचारकमीं संघ नेपालकी सचिव रोशनी तमु, गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालकी उपाध्यक्ष पम्फा तमु चयन हुनुभएको छ।

यसरी नै मञ्च व्यवस्थापन समितिको संयोजकमा गुरुङ फिल्म एशोसियसन नेपाल, साउण्ड सिस्टम व्यवस्थापन समितिको संयोजकमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु, र्याली व्यवस्थापन समितिमा आसबहादुर तमु र धर्मबहादुर तमु, स्वयं सेवक परिचालन समितिको जिम्मेवारी नेपाल तमु विद्यार्थी छोंज धिं, तमु विद्यार्थी समिति, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिलाई प्रदान गरिएको छ।

यसैगरी सम्मान उसमिति संयोजकमा कर्म तमु, तमु धिं नेपालकी प्रथम उपाधयक्ष सरस्वती तमु र तमु प्ये ल्हु संघ केन्द्रीय समिति अध्यक्ष हितकाजी तमु, अतिथि सत्कारमा तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती तमुको संयोजकत्वमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिकी महासचिव शान्ति तमु, तमु धिं नेपालकी अधिवक्ता जुनाकुमारी तमु, हिरा तमु, कौशिला तमु र अनुगमन उपसमितिको संयोजका तमु ह्युल छोजं धिं कास्कीका अध्यक्ष दलबहादुर तमु, सदस्यहरुमा पम्फा तमु, अधिवक्ता जुनाकुमारी तमु, नन्दबहादुर तमु, मनबहादुर तमु रहनु भएको छ।

सुरक्षा उपसमिति संयोजकमा कर्म तमु, सदस्यहरुमा दलबहादुर तमु, हितकाजी तमु, क्या.भुवनसिं तमु, धर्मबहादुर तमु, आसबहादुर तमु, प्रपोजल तयारीका लागि चेतबहादुर तमु, हुमबहादुर तमु र चिजकाजी तमु, प्रमुख अतिथि र अतिथि व्यवस्थाका लागि कर्म तमु, दलबहादुर तमु, क्या.भुवनसिं तमु, हितकाजी तमु, धर्म तमु र आसबहादुर तमुलाई जिम्मेवारी दिइएको छ।

सामुहिक च्ह्य ल्होछार÷ल्होसार मुल समारोह समितिको सचिवालय तमु धिं नेपालमा संयोजक कर्म तमुको अध्यक्षतामा सम्पन्न बैठकले संघ संस्थाहरुलाई आर्थिक दायित्व तोकिएको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो।

यसैविच तमु धिं युकेका पुर्व अध्यक्ष, एन आर एन युकेका अध्यक्ष मुच्छेत्र तमुलाई कार्यक्रममा स्वागत एवं सम्मान गरिएको थियो । युकेबाट छोटो घरबिदामा पोखरा आउने क्रममा तमु धिं नेपाल विदेश विभागकी प्रमुख समेत रहनु भएको तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती तमुको आमन्त्रणमा बैठकमा उपस्थित समाजसेवी मुच्छेत्र तमुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु ह्युला छोजं धि कास्कीका अध्यक्ष दलबहादुर तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिंह तमु, तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमु, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर तमु लगायतका बैठकमा सहभागीहरुले खादा लगाई स्वागत एवं सम्मान गर्नुभएको हो । उक्त अवसरमा उहाँले कस्केली तमुहरुले सामुहिक रुपमा ल्होछार÷ल्होसार मनाउने परम्पराले सबै तमुहरुलाई एकतावद्ध बन्न प्रेरित गरेको भन्नुहुदै सामुहिक ल्होछार÷ल्होसार भव्य सफलताको शुभकामना व्यक्त गर्नुहुदै आफ्नो तर्फबाट ५० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको तमु धिं नेपालकी विदेश विभाग प्रमुख सरस्वती तमुले जानकारी दिनुभयो।





Comments

comments

Leave a Reply

15313