भट्टराई-यादवको पार्टीबीच एकता हुने, महेन्द्र र शरतसिंह पनि मिसिने

गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ। शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने बताइएको छ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव भण्डारी र महेन्द्र यादवबीच बिभिन्न चरणमा कुराकानी भइरहेको खबर कान्तिपुर दैनिकले छापे छ।

भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो। ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब-करिब सहमति भएको छ, संविधान संशोधन हुन अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने।





Comments

comments

Leave a Reply

15315