अफगानिस्तानमा नेपालीहरु ‘सैनिक, सेक्युरिटीदेखि शिकारीसम्म’…

रोशन मेवाहाङ्ग/ एचकेनेपाल डट कम-
कावुल, मंसिर २० । अफगानिस्तानको राजधानी कावुलस्थित हमिद कार्जय अन्तर्राष्ट्रिय विमानस्थलमा वेलायती गोर्खा सैनिकहरु ८ महिना यता नेटो सुरक्षाका लागि खटेसँगै यस विमानस्थल आसपासमा विभिन्न पशुपंक्षीबाट विमानहरुलाई सुरक्षित गराउन नेपाली कामदारहरु शिकारी पोष्टमा लामो समयदेखि कार्यरत छन्।

अफगानिस्तानमा नेपाली कामदारहरु विभिन्न निकायहरुमा कार्यरत छन् । जस मध्ये सवै भन्दा कम सुनिने शिकारी पोष्टमा पनि नेपालीहरु कार्यरत रहेको भेटिए। यस पोष्टलाई सामान्य मानिए पनि यसको भूमिका निकै महत्वपूर्ण रहन्छ । विकासोन्मुख मुलुकहरुमा विमानस्थल असुरक्षित हुने धेरै कारणहरु मध्ये सरसफाई, चराचुरुङ्गीको ठक्कर र जनवारहरुको कारणबाट आकस्मिक दुर्घटना हुने गरेको पाईन्छ।

विमानहरुलाई सुरक्षित अवतरण र उडानका लागि नेपालका धादिङ सत्यदेवी निवासी अनिष तामाङ विगत ५ बर्ष र आइतराम तामाङ २ बर्षदेखि शिकारी पोष्टमा कार्यरत छन्। उनका अनुसार विमानस्थल आसपासमा चराचुरुङ्गी तथा जनवारहरुलाई आधुनिक सटगन, रेजर र बायोअकटिक्सको सहाराले चराहरु र जंगलीजनवार लखेट्ने गरेको बताए।

अनिष सन २०१० मा अफगान भित्रिएका हुन्। संयोगले गर्दा अनिषको भेट विगत ४० बर्ष यता विमानस्थलमा शिकारी पोष्टमा कार्यरत बेलायती पिटरसँग अचानक भेट भयो । भेटसँगै पिटरले अनिषलाई शिकारी पोष्टको तालिम दिएर कावुल विमानस्थलमा शिकारी पोष्टमा नियुक्ति गराएका हुन्।

एउटा रणभूमिमा द्वन्द्वले होमिएको दुर्गन्धित विमानस्थलमा चराचुरुङ्गी र जंगलीजनवारको ठक्करबाट बारम्बारको दुर्घटना भइरहेकोमा विगत ४ बर्ष यता दुर्घटना नभएको भन्दै अफगान सरकारले यो बर्ष सम्मान पनि गरेको छ।

विमानस्थलमा चराचुरुङ्गी तथा जंगली जनवार विशेषज्ञ पिटरले भने–‘हरेक विमानस्थल आसपासमा फलकन नामक शिकारी चरा प्रयोगमा ल्याउन सके चराहरुबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने दावी गरे। एशियन राष्ट्रहरु नेपाल,भारत,अफगानिस्तान,पाकिस्तान,भुटान आदि देशहरुमा जाडो याममा चराहरुको बसाँई सर्ने क्रममा विमानलाई दुर्घटना गराउन सक्छ।’

उनीहरुलाई विशेष किसिमको आधुनिक हातहतियार एवम चराचुरुङ्गी सम्बन्धित तालिम दिईएको शिकारी पोष्टका प्रबन्धक पिटरले जानकारी गराए । पिटरका अनुसार वल्र्ड बर्ड स्ट्राईक एसोसियसन नेदरल्याण्डमा तालिम तथा सेमिनारकालागि अनिष र पिटर यसै हप्ता प्रस्थान गर्ने जानकारीसमेत दिए। सेमिनारमा नेपाललगायत विभिन्न मुलुकका शिकारी पोष्टका प्रतिनिधिहरु समेत सहभागी हुने छन्।

यसै सन्दर्भमा नेपालको विभिन्न विमानस्थलहरुमा चराचुरुङ्गी र जनवारहरुबाट हुने विमान दुर्घटनालाई कसरी हेर्नुहुन्छ भनेर प्रश्न राख्दा उनले भने– ‘छुट्टीमा गएको बेला सामान्य अध्ययन गर्दा के पाए भने नेपालका घाँसे विमानस्थल,घनाबस्ती, अव्यवस्थित बधशाला, साथै पर्याप्त तालिम प्राप्त शिकारीहरु नहुनु र आधुनिक हातहतियार नभएर पनि जहाजहरुमा चराहरु ठोकिन गई दुर्घटना हुन सक्छ।’

यस विषयमा मलाई निकै जिज्ञासा लागेर नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शिकारी पोष्टमा कयौ पटकको सम्पर्क प्रयासपछि एक जना शिकारी पोष्टमा कार्यरत रामशरण घिमिरेलाई सम्पर्कमा आए । उनका अनुसार नेपालमा धेरै राजनीतिक परिवर्तनहरुउतार–चढाव भएपनि यस विभागमा भने कुनै पनि परिवर्तन गर्नका लागि कसैको पनि ध्यान नगएको बताए । जति पनि परिचालित उपकरणहरु छन् सवै जीर्ण अवस्थामा छन् । राजतन्त्रसँगै उनीहरुले पाईरहेका सेवा–सुविधामा पनि कटौती गरी विभिन्न देशमा हुने उच्च स्तरीय तालिम तथा सेमिनारहरुमा राजनीतिकरण हावी भएको दुखेसो गरे।

तत्काल हुन लागेको वल्र्ड बर्ड स्ट्राईक एसोसियसन नेदरल्याण्डमा पनि राजनीतिक हस्तक्षेप गरी गैरसेवारत व्यक्ति राममणि थपलियालाई पठाउन तयार गरिरहेको स्रोतले जनाएको छ। यसै विषयमा त्रिभुवन विमानस्थल शिकारी पोष्टका प्रवन्धक घिमिरेसंग बुझ्न खोज्दा उनी यस सम्बन्धमा अनभिज्ञ रहेको बताए।

आफनो जीवनको २६ बर्ष यसै विभागमा विताएका घिमिरेले हरेक गल्लि–गल्लि र विभागमा राजनीतिक झुण्डका कारण नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलले रुप बदल्न नसकेको तितो अनुभव सुनाए।

त्यसमा पनि वल्र्ड बर्ड स्ट्राईक एसोसियसन नेदरल्याण्डमा राममणि थपलिया जाने खबरले आश्चार्य भएको बताए। राजनीतिक शक्तिका कारण थपलिया नेदरल्याण्ड प्रस्थान गरेको स्रोतले जानकारी दिए।





Comments

comments

Leave a Reply

15321