सुमधुर स्वरकी धनी मनिषाले २ वर्ष कसरी बिताईन् दुबई…?

माक्पाली कान्छा / एचकेनेपाल डट कम –
काठमाडौं। कोही मान्छे वैदेशिक रोजगारमा जाँदै छ भने सहज अनुमान लगाउन सकिन्छ। उ त्यहाँ मजदुरी गर्नकै लागि जान्छ । यसमा पुरुष भए ज्यामी, हेल्पर आदि महिला भए घरेलु कामदार।

तर यस भन्दा पृथक ढंगले विदेश पुगेर आइन् खोटाङकी मनिषा राई । दुबइको याक एण्ड यति होटलामा गीत गाउन कै लागि उनी पुगिन् र २ वर्ष विताईन्।

नेपाली सुगम संगीतमा सुमधुर स्वरका धनि मनिषाले नेपाली गीतको अलवा हिन्दी गीत गजल निकै राम्रो गाउने गरेकी छन्।

कलिलो उमेरमा संगीतको मोह जालमा फसेकी उनले २ वर्ष दुबइमा गीत गाएर नै बिताइन् भने ३ महिना बहराईनमा गजल गाइन्।

पैसा कमाउन गीत गाउने काममा विदेशिएकी उनी नेपालमा फर्किएपछि पनि गीत गाउने पेशामा नै आवद्व छिन्।

राजधानीको दरबारमार्गस्थित मधुशाला गजल रेष्टुरेण्टमा स्थापित कलाकारहरु उदय सोताङ, मनिला सोताङ, टिका प्रसाईहरुसँगै बसेर अहिले पनि उनी नियमित गाउँदै आएकी छन्। स्कुले जीवनमा स्टेजहरुमा गीत गाउँदै आएकी मनिषा जालपा मावि नुनथला खोटाङमा हुँदा ताका नाच्ने नृत्याङगाना पनि हुन्।

खोटाङका स्थापित जनवादी कलाकार हेम नाछिरिङको संगतमा हुर्केकी उनले रेडियो सुनेर संगीतमा लहसिएको बताउँछिन् । करीब ३ सय गीत रेकर्ड गराईसकेकी मनिषाले बाल्यकाल भिरपाखामा दाउरा घाँस गर्दै स्वरले साधना पाएको दावी समेत गरेकी छन्। उनले दाउरा घाँस गर्दा गाएको गीतलाई गाउँलेले परिचय नै बनाइदिएको जनाइन्। स्कुलको पढाई सकेर काठमाडौं छिरेकी उनले कैलाश राईसँग संगीतको सा रे ग म सिकेकी हुन्।

पहिलो पटक चौधरी भाषाको ‘दिवानी मस्तानी, तुमोर पियारी’ बोलको गीत रेकर्ड गरेर गायनमा डेब्यु गरेकी हुन्। हालसम्म एकल र डोयट गरी ३ वटा एल्वम बजारमा ल्याइ सकेकी उनले ‘निष्ठुरी, बहाव, तुलसी मन्जरी’ नामको एल्वम बजारमा दिईसकेकी छन् । आधुनिक गीतका साथै पपगीतहरु समेत राम्रै गाउने मनिषाले हाल नितान्त संगीतनै पेशाको रुपमा अपनाएको बताएकी छन्।

नारायण गोपालका गीतहरुदेखि अरुणा लामाको फ्यान रहेको बताउने उनले संगीतलाई जीवनका रुपमा बुझेकी सुनाईन्। ‘संगीत त एउटा जीवन जस्तै रहेछ ’ उनले भनिन्, ‘रुँदा नि चाहिने हाँस्दा नि चाहिने।’

उनले अझ अगाडि थपिन्, ‘मान्छेको मानसिकता परिवर्तन गर्ने तागत कुनै कुरासँग छ भने त्यो संगीतमा छ। जसका कारण मान्छेले पीडा समेत भुल्छ। यसो त उनले गीत संगीतले दुनिया परिवर्तन गर्ने धारणामा उनीमा छ। समाज परिर्वतनका निम्ति गीत संगीतले समेत महत्वपूर्ण जागरण दिने उनको मान्यता छ।





Comments

comments

Leave a Reply

15329