कैदी भगाउने प्रहरी जेल चलान

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, २१ मंसिर। उपचारका लागि बाहिर ल्याएको भनिएका कैदी भगाउन सहयोग गर्ने प्रहरी र जेल कर्मचारीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ।

थुनछेक बहसपछि जिल्ला अदालत कास्कीले आइतबार २ प्रहरी र १ कर्मचारीलाई अन्तिम आदेश नहुँदासम्मका लागि थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद नेपालले बताए।

न्यायाधीश नारायणप्रसाद दाहाललको इजलासले प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्री, हबलदार श्याम परियार र कारागार कर्मचारी पवन अधिकारीलाई जेल चलान गर्ने आदेश दिएको हो।

शरीर बन्धक मुद्दामा कास्की कैद सजाय काट्दै आएका काभ्रे गणेशस्थान घर भई मकवानपुर बस्ने ३४ वर्षीय पुष्कर खड्का मंसिर ९ गते न्युरोडको दीपसागर होटेलबाट भागेका थिए।

गण्डकी मेडिकल कलेजमा दाँतको उपचारको भनेर बाहिर निकालिएका उनी प्रहरीकै गल्तीका कारण भाग्न सफल भएका थिए । गण्डकी मेडिकल कलेजमा दाँत उपचार गरेपछि पुष्करलाई यौन प्यास मेटाउन दीपसागर पुर्याइएको अनुसन्धानको क्रममा खुलेको छ।

यो प्रकरणको अनुसन्धानको जिम्मा कास्की कारागारका जेलर हरिप्रसाद गौतमलाई दिइएको थियो । उनले प्रारम्भिक अनुसन्धान सकेर मुद्दा चलाउने प्रस्तावसहित निर्णयका लागि जिल्ला न्यायाधीवक्ताको कार्यालयलाई फाइल जिम्मा लगाएका थिए । ‘जेलरले राय गरेको कानुनको दफा नभइ हामीले निर्णय गरेको कानुनको दफा अनुसार अदालतमा मुद्दा दायर गरिएका हो,’

मोलमोलाहिजा गरेर कैदी भगाएकोको आरोपमा बढीमा ६ वर्षसम्म कैदको माग गरिएको जिल्ला न्यायाधीवक्ता गंगाप्रसाद पौडेलले बताए । कारागार व्यवस्था ऐन अनुसार मुद्दा दायर भएको हो।

खड्काले पोखराका दुई युवतीलाई बन्धक बनाई गरगहना र सामान लुटेका थिए । २०६९ चैतमा खडकाले मोडल बनाई दिन्छु भन्दै पोखरा लामाचौरकी एक युवतीलाई होटलमा बोलाएर कोठामा थुनी हतियार देखाएर लुटेका थिए । नदीपुरकी एक महिलालाई पनि सोही वर्ष मोडल बनाइ दिने भन्दै लुटेर उनी भाग्न सफल भएका थिए।

खड्कालाई २०६९ साल चैत २३ गते काठमाडौं प्रहरीले कालिमाटीमा पक्राउ गर्यो । त्यसपछि चैत्र २६ गते कास्की प्रहरीलाई बुझाएको थियो। खड्का २०७० वैशाख २६ गते कास्की अदालतको फैसला अनुसार कारागार चलान भएका हुन् । उनलाई अदालतले ६ वर्ष कैद र ४ लाख जरिवाना सजाय सुनाएको थियो । उनले तोकेको जरिवाना बुझाउन नसकेपछि उनको कैद सजाय थपिएर १० वर्ष पुगेको हो।

यो पनि पढ्नुहोस् / सम्बन्धित समाचारः
यौन सम्पर्कका लागि होटल पुर्याइएका कैदी भागेपछि…





Comments

comments

Leave a Reply

15337