अमेरिकाको नर्थ कारोलिनामा ६ डिसेम्बरलाई ‘नेपाल दिवस’को घोषणा

बिजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डीसी अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले डिसेम्बर ६ लाई नेपाल दिवसको घोषणा गरेको छ। नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यानले डिसेम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन्।

नेपालीहरुको घना वस्ती रहेको नर्थ कारोलिना राज्यको मोरिसभील शहर अब नेपालीले अमेरिकन सरकारको आधिकारिक रुपमा नेपालीको पहिचानलाई स्थापित गरेको छ।

एक विशेष कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थिति एवं गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल , नेपालीज समाज नर्थ क्यारोलिनाका सभापति डा शुष्मा प्रधान , एनसीएनसी संस्थापक सभापति ईश्वर देवकोटा ,पूर्व अध्यक्ष डा ठाकुर कार्की उप नगर प्रमुख , स्टीव राओ ,राज्य परिषद् सदस्य सतीस गरिमेल्ला ,समाजसेवी रविन्द्र कार्की, रामकृष्ण वाग्ले, बालकृष्ण शर्मा, रेवती अधिकारी लगायत समुदायका नेतृत्वको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल र नेपालीको हित अनि एनआरएनका अमेरिकी मूलधारमा सक्रियता र सहभागिता कसरी बढाउन सकिन्छ र नेपाल सरकारले गैरआवासीय नेपालीलाई सदैव नेपालीको लागि नेपाली नै हुन भन्ने वास्तविकतालाई प्रशंसा एवं उच्च मूल्यांकन गरेको कुरा पूर्वप्रधानमन्त्री नेपालले बताए। कार्यक्रममा एनसीएनसीका पदाधिकारीले स्वागत गरेका थिए।

अबदेखि हामी प्रत्येक गैरआवासीय नेपालीले यस शहरमा गर्वकासाथ आफनो नेपालीको परिचय स्थापित भएको महसूस गर्नेछौं। यो महत्वपूर्ण कार्यक्रम स्थानीय समाजसेवी रविन्द्र कार्कीको संयोजनमा उनका निवास स्थलमा सम्पन्न भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15367