अफगानिस्तानबाट फर्किए गोर्खा सैनिकहरु (फोटो फिचरसहित)…

*******************************************
विश्वमा नेपालीको शिर उच्चो पार्ने वीर गोर्खा सैनिकहरुका साथै एचकेनेपाल डट कमका काबुल विशेष प्रतिनिधि रोशन मेवाहाङ्गलाई हार्दिक बधाई, शुभकामना अनि शुभयात्रा बेलायतको लागि….
********************************************

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम–
कावुल, मंसिर २७ । उत्तर अटलान्टिक संगठन नेटो प्रतिनिधिका रुपमा अफगानिस्तानको राजधानी कावुलमा शान्ति सुरक्षार्थ खटिरहेका बेलायती गोर्खा सैनिकहरु आफ्नो मिसन सफलतापूर्वक समाप्त गरी बेलायत फर्किएका छन्।

अाज वेलुकी साईप्रसमा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुँदै भोलि वेलुकी १८३० बजे बेलायत प्रस्थान गरिने जनाइएको छ।


दुबईमा विश्राम गर्दै..

अटलान्टिक संगठनको आह्वानमा बेलायती गोर्खा सैनिकहरु गार्ड एन्जल,विमान सुरक्षा र अफगान सैनिकलाई सुरक्षा सम्वन्धी प्रशिक्षणका लागि ८ महिना खटिएका थिए।

गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएका दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भदेखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिहरुलाई सुरक्षा प्रदान गर्दै आएका थिए।

बेलायतस्थित व्रिगेड अफ गोर्खाजमा हाल करिब तीन हजार पाँच सय गोर्खा सैनिकहरु रहेको सैनिक प्रमुख कार्यालयले जनाएको छ। कावुलमा शान्ति स्थापनाका लागि खटिएका करीब तीन सय गोर्खा सैनिकहरु सकुसल फर्किरहेका स्वास्थ्य विभागका एक गोर्खा अधिकारीले जानकारी गराएका छन्।

बटालियन अर्को मिसन अन्तर्गत आगमी जुलाई अन्तिममा चार बर्षका लागि ब्रुनाई राजपरिवारका सुरक्षाकालागि प्रस्थान गर्नेछन्।

मिसन अवधिभर सेवामा कर्तव्यनिष्ट भई उदाहरणीय काम गरेकोमा जेनेरल थोमशले धन्यवाद दिदै उनले भने–‘सैनिक लगनशीलता, मेहनत, अनुशासन, कर्तव्यपरायण रणभूमिमा अति नै महत्वपूर्ण हुन्छ’।

सुरक्षामा खटिदा साहस र उच्च मनोबल लिई दृढ इच्छा शक्तिका साथ अगाडि बढ्न र सघर्षको कदर गर्दै विशिष्टीकृत सैनिकलाई अभिनन्दन कदरपत्रले सम्मान गरेका थिए।

गोर्खा बटालियनका मोरङ्ग ,लक्ष्मीमार्ग निवासी कर्पोरल दिल सुव्वाले भने– ‘आफू गोर्खा सैनिक भएर रणभूमिमा तैनाथी हुदा हरेक नेपालीहरुको नाम विश्वसामु उच्च भएको महशुस हुन्छ ।’ कावुलस्थित विभिन्न गैरसैनिक कम्पनीहरुमा कार्यरत नेपाली तथा विदेशीहरुले गोर्खाली सैनिकहरु मिसनमा रहदा आफू तथा आफ्ना कम्पनीलाई सुरक्षाको पूर्णरुपमा विश्वस्त हुने एक विदेशी नागरिकले बताए।

दोस्रो गोर्खा रेजिमेन्टका गोर्खा सैनिकहरु विगत ६ बर्षपछि अफगानिस्तानको कावुलमा सन् २०१६ अप्रिलबाट सुरक्षामा खटिरहेका हुन्। यस अवधिभर विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले पनि आफ्नो अभिभावकको रुपमा गोर्खा सैनिकलाई लिईएका बताए।

नेपालीहरुको महान चाँड बडा दशैँ भव्यरुपमा गोर्खा सैनिकहरुसँग मनाउन पाएको सायद यो नै पहिलो र अन्तिम पल्ट हुन सक्ने झापा निवासी गायक चेतन भट्टराईले गोर्खा सैनिकहरुसँगको अन्तिम दिवाभोजमा बताए।

‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ ’ भने झै संयोगवस द्वन्द्वले रुमलिएको रणभूमिमा गोर्खा सैनिकहरुसँग भेट भएका कावुलमा कार्यरत नेपालीहरु पनौतीका भूतपूर्व सैनिक दिपक बस्नेत, सुनसरीका भूतपूर्व प्रहरी नायव निरीक्षक पुष्पविक्रम मल्ल, पाचँथरका चन्द्र श्रेष्ठ, झापाका हरी मैनाली,गोर्खाका एलन गुरुङ, धादिङ्गका अनिष तामाङ, आइतराम तामाङ, दार्जिलिङ्ग निवासी कर्मछिरीङ्ग भुटिया, कमलप्रकाश ओली, काठमाडौंका परिर्वतन पोख्रेललगायतले गोर्खा सैनिकहरुको फिर्ति सवारीले आफूहरुलाई ज्यादै मर्माहित बनाएको बताए।

अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरु आउने मंगलबार राति लण्डनको सैनिक विमानस्थलमा अवतरण हुने छन्। सोही दिन केन्टस्थित फोक्सट्न गोर्खा सैनिक वेस क्याम्पमा सैनिक तथा परिवारसहित भव्य समारोहको आयोजना गरिने बताएको छ। समारोहमा स्वागत तथा दिवाभोजको कार्यक्रम पनि रहेको जानकारी स्रोतले दिएको छ।

डिसेम्बर १५ विहीवारका दिन नेटो संगठन कावुलमा सुरक्षार्थ खटिदा ईमान्दारी, बहादुरी एवं कर्तव्यनिष्ठ भई रेजिमेन्टको मिसनलाई सफलतापूर्वक सम्पन्न गरीएको उपलक्ष्यमा उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर पत्र प्रदान गरिने छ।

बटालियनको तालिकामा आगामी मार्च १४ का दिन भव्य समारोहका साथ मेडल परेड खेल्ने जनाएको छ। उक्त दिन अफगानिस्तानबाट फर्किएका सम्पूर्ण गोर्खा सैनिकहरुलाई नेटो मेडल प्रदान गरिने उल्लेख गरेका छन् । त्यसै समारोहमा द्वन्द्वग्रसित राष्ट्रहरु अफगानिस्तान, ईराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका केही सैनिकहरुलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल) प्रदान गरिने स्रोतले जनाएको छ।

जुन मेडल चाँदीजडित ३० मिलीमिटर मोटाईमा बनेको हुन्छ। मेडलको स्थापना सन् १९९४ भए पनि यसलाई पुनः सन् २०११मा संशोधन गरिएको थियो। सन् २००८ जनवरी भन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्धग्रष्त राष्ट्रहरुमा १०८० दिन सेवा गरेको हुनु पर्दथ्यो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15394