नयाँ गोर्खा सैनिकको शपथ, अफगानिस्तान मिसन पूरा गरेका गोर्खा सैनिकहरु अभिनन्दित…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम-
लण्डन, पुष १ । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा बटालियनमा यस बर्ष ९ महिने तालिम सकिएर बटालियन भित्रिएका नयाँ गोर्खा सैनिकहरुलाई पण्डित शंकरमणि नेपालले निशानी माईको कसम खुवाउनुका साथै अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरुले मिसनलाई सफलतापूर्वक सम्पन्न गरी फर्किएको उपलक्ष्यमा बिभिन्न कार्यक्रमसहित उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको छ।

कार्यक्रम्मा सेकेन्ड बटालियन द रोयल गोर्खा राईफल्समा यस बर्ष भित्रिएका नयाँ सैनिकहरुलाई रेजिमेन्टका पण्डित शंकरमणि नेपालबाट निशानी माईको कसम तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

कार्यक्रमलाई बिएफबियस गोर्खा रेडियोका प्रस्तोता आशा पुनले प्रत्यक्ष प्रसारण गरेकी थिईन्। अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरु गत मंगलबार राति लण्डनको सैनिक विमानस्थलमा अवतरण हुदै सोही दिन केन्टस्थित फोक्सट्न गोर्खा सैनिक वेस क्याम्पमा आएका थिए।

नेटो संगठन कावुलमा सुरक्षार्थ खटिदा ईमान्दारी, बहादुरी एवं कर्तव्यनिष्ठ भई रेजिमेन्टको मिसनलाई सफलतापूर्वक सम्पन्न गरीएको उपलक्ष्यमा बिभिन्न कार्यक्रमसहित उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको हो।

यातायात विभागका क्याप्टेन कृष्ण लोकसम, सार्जन्ट रिचर्ड गुरुङ, लेन्सकर्पोल राजु खापुङ्ग, भोजपुर निवासी सार्जन्ट सनत राई, मोरङ बेलबारी निवासी कलर सार्जन्ट योगेन्द्र राई, बटालियनका हरि राई, जीवन विश्वकर्मा, रत्न घर्तिमगर, क्युओ जियल आरका लेन्सकर्पोरल राज गुरुङलगायत उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको थियो।

….
….

हरेक बर्ष विश्वभरका सैनिकहरुबीच प्रतिस्पर्धा हुने क्यामव्रियन पट्रोलमा यस बटालियनले स्वर्ण पदक उपाधि चुमेकोमा गणपति मुरेले उक्त समूहलाई बधाई साथै विशेष कदर–पत्रले सम्मान गरेका थिए। सोही बटालियनका धनकुटा निवासी कर्पोरल श्याम सुव्वा र प्रशान्त लिम्बूले यो बर्षको क्यामव्रियन पट्रोललाई लिड गरेका थिए।

समारोहमा गणपति मुरेले रियर ग्रपले पछाडि बसेर आफूहरु रणभूमिमा रहंदा ठूलो सहयोग गरेको भन्दै कर्पोरल योगराज लिम्बू, सुवोध थापामगरलाई विशेष पदक प्रदान गरेका थिए । रियर ग्रुपमा रहेर रेजिमेन्टल सार्जन्ट मेजरको भूमिका अति विशिष्ट रुपमा निर्वाह गरेकोमा वारेन्ट अफिसर टु शिवकुमार राईलाई बधाई दिएका थिए।

बेलायतकी बडामहारानिले गोर्खा बटालियनलाई दिएको उपहार निशानी माई क्याप्टेन सोम थुलुङ्गको अघुवामा शपथ ग्रहणका लागि उक्त समारोहमा ल्याएका थिए। शपथ कार्यक्रममा गोर्खा मेजर मेजर गजेन्द्र आङ्देम्वेले नयाँ सैनिकहरुलाई निशानी माई छोएर कसम खान आदेश दिएका थिए।

कार्यक्रमको अन्त्यतिर रेजिमेन्टन सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले जाडो महिनाको छुट्टिको घोषणा गर्दै नयाँ भित्रिएका सैनिकहरुलाई रेजिमेन्टको कर्तव्य र अनुशासनका बारेमा आफ्ना महत्वपूर्ण भनाई राख्दै नयाँ सैनिक जवानहरुलाई प्रेरित गराएका थिए।

बटालियनको तालिकामा आगामी मार्च १४ का दिन भव्य समारोहका साथ मेडल परेड खेल्ने जनाएको छ । उक्त दिन अफगानिस्तानबाट फर्किएका सम्पूर्ण गोर्खा सैनिकहरुलाई नेटो मेडल प्रदान गरिने उल्लेख गरिएको छ। त्यसै समारोहमा द्वन्द्वग्रस्त राष्ट्रहरु अफगानिस्तान, ईराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका केही सैनिकहरुलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल) ले सम्मान गरिने स्रोतले जनाएको छ।

जुन मेडल चाँदीजडित ३० मिलीमिटर मोटाईमा बनेको हुन्छ । उक्त मेडलको स्थापना सन् १९९४ भए पनि यसलाई पुनः सन् २०११ मा संशोधन गरिएको थियो। सन् २००८ जनवरीभन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्वग्रस्त राष्ट्रहरुमा १०८० दिन सेवा गरेको हुनु पर्दथ्यो।





Comments

comments

Leave a Reply

15473