सावधान ! कोरियाबाट यसरी ठगिदै छन् नेपालीहरु…

काठमाडौं – कोरियामा नक्कली फेसबुक आइडी बनाई महँगो सामानलाई सस्तो मूल्यमा घरमै पठाईदिने प्रलोभन देखाई ठग्नेहरुको बिगबिगी नै छ। यसमा धेरै पैसा पर्ने मोबाईल, ल्यापटप, क्यामरा, ब्लाङकेटदेखि लिएर थोरै पैसा पर्ने मोबाईल चार्जर, लाईट, हेडफोन, पछ्यौरा लगायतका सामाग्री सुपथ मूल्यमा पाइने र घरमै पठाइदिने विज्ञापन गरिन्छन्।

तर त्यस्ता नाम र फोटो नखुलेका फेसबुक आइडि होल्डरले पैसा प्राप्त गरपछि सामान नपठाइदिने र फेसबुकको ठेगाना परिवर्तन गर्ने गरेको आजको कारोबार दैनिकमा खबर छ।


….
….

दक्षीण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धिसँगै ठगिने क्रम बढ्दो छ । ईन्टरनेटमा किनेको सामान नपठाइदिने, अरुको पासपोर्टबाट बैंक खाता खोल्ने, परिचयपत्रबाट फोन नम्बर निकाल्नेलगायत साइबर अपराध बढ्दो छ।

कतिपय आफूलाई परेको समस्याको बारेमा सुनाउने निकाय नै नभएको बताउँछन् भने कतिपयले समयको अभाव र भाषा समस्याका कारण घटनाहरु प्रहरीसमक्ष नपुग्दै सेलाउने गरेको बताउँछन्।

त्यसैगरी सस्तो मूल्यमा नेपाल पैसा पठाइदिने भन्दै अवैधानिक हुण्डी व्यापारीले पनि नेपालीहरुबाट ठूलो रकम उठाई बेपत्ता हुने गरेका छन्। नेपालीहरु नेपालीबाटै पीडित हुने गरेका छन् । कोरियामा पछिल्लो समय सहकर्मीकै कारण सहकर्मीले कार्यस्थान छोड्ने, डिप्रेसन र कुलतमा फस्ने क्रम बढ्दो छ।





Comments

comments

Leave a Reply

15551