पूर्वयुवराज पारस शाह पहिले बदनाम अहिले गुमनाम, किन सँगै बस्दैनन् पारस र हिमानी ?

आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे । तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन्।

पारसनिकट स्रोतका अनुसार पछिल्लो समय उनले मदिरा र लागुऔषधको लत त्यागेर ध्यान र योग गर्ने बानी बसालेका छन् । आध्यात्मिक बहस गर्न रुचाउँछन् । वेलावेलामा पुराना सहपाठी र साथीहरूसँग भेटघाट र छलफल गर्छन् । वेलावेला आफू पढेको बूढानीलकण्ठ स्कुल गएर फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्छन्। नयाँपत्रिका दैनिकमा योगेश ढकाल लेख्छन्।


….
….
किन सँगै बस्दैनन् पारस र हिमानी ?
पारस र हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन । पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरूबीच दुई–चारपटक मात्रै भेट भएको स्रोतहरू बताउँछन् । त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्छ । गएको दसैँ–तिहारमा पारिवारिक भेटघाट भयो । त्यसअघि १५ असोज ०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होटेलमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरूबीच भेटघाट नभएको स्रोत बताउँछ ।

‘भविष्य हेर्ने’ केही माताले दरबारलाई दिने सुझाबले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन । ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सुझाब माताहरूले दरबारलाई दिएका छन् । पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाब पुगेकाले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए ।

निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नी सँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाब नछुटाई दिने गरेको पारसनिकट स्रोत बताउँछ । सविता सरु र अर्की एक माताले अझ धेरै यस्ता सुझाब दिने गरेका छन् ।

मठमन्दिर धाउँदै पारस
पूर्वयुवराज पारस पछिल्लो समय पूजापाठमा पनि सक्रिय छन् । विभिन्न मठमन्दिर पुगेर पूर्जाअर्चना गरिरहेका छन् । पछिल्लोपटक २६ मंसिर ०७२ मा उनी बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गर्न गएका थिए । पारसका मित्रहरूका अनुसार वेलावेलामा हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पनि पुग्छन् ।





Comments

comments

Leave a Reply

15560