युएईमा हुने नेफ्टा फिल्म अवार्डको सम्पूर्ण तयारी पुरा, कलाकारहरुको आगमन सुरु…


फाइल फोटोः एचकेनेपाल डट कम

निमकान्त पाण्डे, ५ पुष,दुबई । नेपाली चलचित्र प्रविधि संघको आयोजनामा आउदो शुक्रबार अर्थात डिसेम्बर २३ तारिख दुबईको अल नासरमा हुने नेफ्टा फिल्म अवार्डको अन्तिम चरणको तयारी पुरा भएसगै कलाकारहरुको आगमन शुरु भएको छ।

नेपाली चलचित्रमा क्षमतावान कुशल अभिनय र गुणस्तरीय २०७२ सालमा बनेका चलचित्रलाई दर्शकसामु ल्याउन सफल १२० भन्दा धेरै अहिलेका चर्चित कलाकारहरु दुबई आउने भएका छन।

नेफ्टा अवार्डका लागि राष्ट्रिय नाचघर काठमाण्डौमा स्टेज कार्यक्रमका लागि राजेश हमाल, करिश्मा मानन्धर, छुल्ठिम गुरुङ,सलोन बस्नेत,अनुपविक्रम शाही,पुजा शर्मा,माला लिम्बुलगायतका थुप्रै कलाकारहरुको तीब्र रिहर्सल भैरहेको र उनीहरुले स्टेज प्रस्तुती दिने जानकारी पाप्त भएको छ।


….
….
नेपाली चलचित्र यूएईभित्र प्रदर्शन हुदै गर्दा नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि दुबईमा कार्यक्रम तय हुदै गर्दा यसले नेपाली चलचित्र जगतलाई नया सिर्जना गर्न आत्मबल प्रदान गर्दै नेपाली काल र पर्यटनलाई समेत अन्य देशका सामु परिचित बनाउने एउटा माध्याम बन्न सक्नेछ।्

आउदो शुक्रबार साझ ७:३० देखि ४ घण्टासम्म चल्ने कार्यक्रममा युएईलाई कर्मथलो बनाएर बस्ने नेपाली दाजुभाई तथा दिदीबहनीहरुको मनोरंजनको एउटा सुवर्ण अबसर भएको हुदा पूर्ण ऐक्यबद्धता रहने अपेक्षा आयोजकले गरेको छ। कार्यक्रमलाई भब्य बनाउन युएईको बिभिन्न ठाउंहरुबाट आउन जानका लागि यातायातको ब्यबस्था गरिएको छ।
( अन्य फोटो – त्रिलोचन कोइराला फेसबुक वालबाट )





Comments

comments

Leave a Reply

15566