जेष्ठ बेलायती गोरखा भूपू सैनिकहरुको ३ महिने छुट्टीका बिषयमा पहल आरम्भ..

सन्तोष थलङ –
२२ डिसेम्बर २०१६। गोरखा सत्याग्रह सयुंक्त संघर्ष समितिको पहलमा गत १२ नोभेम्बरका दिन सयौं जेष्ठ भूपू गोरखाहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीलाई बुझाइएको छ।

राजदूत डा. दुर्गाबहादुर सुबेदी

बेलायत सरकारले लागु गरेको २८ दिने नयाँ नियमबारे बेलायत सरकारलाई जेष्ठ भूपू गोरखाहरुका हकमा छुट्टै बिशेष प्रावधान अन्तर्गत नेपाल जान आउन कम्तीमा पूर्ववत ३ महिने वा त्यस भन्दाबढि समय उपलव्ध हुनु पर्ने व्यवस्था मिलाउन बेलायत सरकारसँग पहल गरिदिन हुन आग्रह गरिएको छ।

राजदूत सुबेदीले ज्ञापनपत्र बुझ्दै बृद्धा बुवा आमाका यो आग्रहलाई गम्भीरतापूर्वक पहल गरी परिणाम देखाउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

त्यसै अनुरुप राजदूत सुबेदीले यस बिषयमा बेलायत सरकारका सम्बन्धित निकायहरुमा गोरखाहरुको बेलायत बसाइको बिशेष परिस्थिति, गोरखाहरुका नेपाली धर्म,संस्कृति र भौगोलिक स्थितिलाई मनन गर्दै मानवीय दृष्टिकोणले बिशेष छुटको सुबिधा प्रदान गरी जेष्ठ गोर्खा भूपूहरुलाई नेपाल जाँदा पूर्ववत ३ महिना बस्न पाउने व्यावस्था मिलाईदिन गम्भिर पहल थालिएको सत्याग्रह संयुक्त सङ्घर्ष समितिलाई निर्देशक ज्ञानराज राईमार्फत जानकारी गराएका छन्। साथै राजदूत सुवेदीले परिणाम नआइन्जेल निरन्तर पहल गरिरहने आशय ब्यक्त गरेका छन्।

राजदूत सुबेदीको यो सकृयताका लागि आम जेष्ठ भूपू गोरखाहरुका तर्फबाट गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति राजदूत सुबेदीलाई धन्यवाद ज्ञापन गर्दछ।


….
….
स्मरण रहोस, समान पेन्सनलगायतका आन्दोलन संगसँगै, जेष्ठ भूपू सैनिकहरुका नेपालमा तीन महिना बस्न पाउनुपर्ने अभियान र गोरखाहरूका नेपाली नागरिकता निरन्तरताको अभियान, प्रमुख संयोजक युके/नेपाल, सन्तोष थलङ कै प्रत्यक्ष सकृयतामा सत्याग्रहले गंभीरताका साथ अघि बढाउदै आएको छ।

त्यसैगरी गोरखा सत्याग्रह आन्दोलनको परिणाम स्वरुप गोरखाका माग सम्बोधानार्थ हुने भनेको वहुप्रतिक्षित नेपाल र बेलायत सरकार बिचको प्रारम्भिक चरणको वार्ता गत १९ डिसेम्ब र का दिन अति सकारात्मक र उपलब्धीमूलक सम्पन्न भएको र थप समस्या समाधानलाई सहज गतिदिने हेतुले, राजदूत कै प्रस्तावमा बेलायत सारकारका प्रतिनिधि मण्डल् रक्षामन्त्री मार्क लङ्काष्टरको नेतृत्वमा नेपाल सरकारलाई भेट्न आगामी फेब्रुवरी पहिलो साता नेपाल जानेसमेत सत्याग्रह युकेका प्रमुख सँयोजक कृष्णबहादुर राईलाई भेटमा जानकारी गराएका छन्।

डा.सुबेदीको कुटनैतिक दक्षता र सकृयताले गोरखाहरूमाथि बेलायत सरकारबाट दुईसय वर्ष अघिदेखि भैइरहेको बिभेद चाँडै अन्त्य हुनेमा गोरखा सत्याग्रह पूर्ण विश्वस्त रहदै राजदूत सुबेदीको कार्यकालले एउटा सुनौलो ईतिहास लेख्न सफल होस् भन्ने शुभ कामना समेत ब्यक्त गरिएको छ।

जय गोरखा !!!





Comments

comments

Leave a Reply

15585