विपी कोइरालाको पुर्ख्यौली थलोमा कृष्णबहादुर महरा…

त्रिभुवन पौडेल –
काठमाडौं, पुष ८ गते। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सिन्धुलीको दुम्जामा रहेको पूर्व प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको पुर्ख्यौली थलोको निरिक्षण गर्नुभयो। विपी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको भत्किएर जिर्ण घर दुम्जामा अझै छ।

सिन्धुली महोत्सवमा सहभागी भएर फर्कने क्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता समेत रहनुभएका महराले दुम्जा गएर विपीको पुर्ख्यौली थलो हेर्ने इच्छा ब्यक्त गरेपछि, माओवादी मात्र नभइ काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुले फूल मालाले स्वागत गरे।


….
….
विपीको पुर्ख्यौलीको घरको महराले चासोका साथ निरीक्षण गर्नुभयो । घरवरपर पर्खालले घेरिएको थियो । घर पनि डाँडाको शिरमा । त्यो देखेपछि, महराले भन्नुभयो–“शासनसत्ता चलाउने मानिसको घर हो भन्ने झझल्को घर बनाएको शैली र स्थानको छनौटले दिन्छ ।” उपप्रधानमन्त्री महराले सिन्धुलीको दुम्जा र रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्षलाल जन्मेको स्थान भँगेरीलाइ संरक्षण गरिने वताउनुभयो। “यी दुबै स्थान नेपाली राजनीतिका तीर्थस्थल हुन् । दूरीका हिसाबले पनि दुबै नजिक छन् । यी क्षेत्रमा पार्क र दुबै नेताहरुको सम्झना झल्कने गरी निर्माणका काम गर्न सरकारले बिशेष पहल गर्नेछ।”

उपप्रधानमन्त्री महरासँगै पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता हरिबोल गजुरलेल पनि सहभागी हुनुभयो । सोही ठाउँमा विपी, मातृका प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंह लगायतले स्थापना गर्नुभएको कुशेश्वर बिद्यापिठको पनि उपप्रधानमन्त्री महराले निरीक्षण गर्नुभयो । बिद्यालयका प्राचार्य बिनोद कोइरालाले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको भ्रमणपछि, दुम्जा राजनैतिक पर्यटन क्षेत्रको रुपमा बिकास हुने अपेक्षा गाउँलेहरुले गरेको वताए।





Comments

comments

Leave a Reply

15618