लोकमानलाई कालोमोसो दल्न सर्वोच्चकै कर्मचारीको मिलोमतो?

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा कानुनी प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालत प्रशासनकै संलग्नतामा लोकमानमाथि हातपात भएको आरोप लगाएका छन्।

लोकमानको मुद्दामाथि शुक्रबार पूर्ण इजलासमा बहस शुरु हुनासाथ नेउपानेले बिहीबारको घटनाबारे ध्यानाकर्षण गराउँदै अदालतकै सुरक्षा व्यवस्थामा प्रश्न उठाए।

‘उक्त घटनामा सर्वोच्च प्रशासनकै संलग्नताको आशंका भयो,’ नेउपानले भने, ‘सर्वोच्च प्रशासनको अनुमति नभई उनीहरुले कसरी भित्र छिरेर कालोमोसो दल्न पाए ?’ लोकमानमाथि हातपात गर्ने व्यक्तिहरु अदालतमा प्रवेश गर्नेदेखि मासो दल्नेसम्मका क्रियाकलापबारेमा अदालत प्रशासनले प्रतिवेदन तयार गर्नुपर्ने भन्दै उनले त्यसभन्दा अगाडि बहस गर्न उचित नहुने तर्क गरे। कान्तिपुर दैनिकमा खबर छ।


….
….
‘प्रतिवदेन नआई यो मुद्दामा अघि बढ्न उचिन छैन,’ न्यौपानेले भने, ‘सुरक्षा हुँदा त त्यो हालत छ, नहुँदाको अवस्थामा हामीले त कसरी सुरक्षा महसुस गर्ने ?’

भीडभाडका कारण न्यायिक प्रहरीले बिहीबार पत्रकारहरुलाई इजलासबाट बाहिर निकालेर व्यवस्थापन गरी फेरि इजलासमा प्रवेश दिएकोमा समेत नेउापनेले आपत्ति जनाए।

‘यो के भइरहेको छ ?,’ नेउपानेले भने, ‘पत्रपत्रिका र सर्वोच्च प्रशासनको यो कस्तो तालमेल हो?’





Comments

comments

Leave a Reply

15622