संगीतको सुरमा तालको खेति गरिरहन मन लाग्छ: गायक विनोद खम्वु

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम–
लण्डन, पौष ०९ । गायक तथा संगीतकार विनोद खम्बुको आफ्नै स्वर संगीत रहेको ‘दुई मुटु हाम्रो’ बोलको म्युजिक भिडियोलाई म्युजिक नेपालले सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेको छ।

गीतकार किराती जेबी राईले रचना गरेको शव्दलाई चन्दु गोर्खालीले एरेंन्ज गरेका छन्। गीतकार जेवीले आफ्नो सम्पूर्ण सम्झेको प्रेयसीसँग अप्रत्याशित बिछोडिएपछि उनको यादमा विक्षिप्त वनेको मनहरुलाई आफै सम्हाल्दै गीतमार्फत बेदना प्रस्तुत गरेका छन्।

गीतको भिडियोमा मोडल नाजु, संगम र पूजाको जीवन्त अभिनयलाई भिडियोमा गायक विनोदले फिचरिङ गरेका छन्। भूपेन्द्र तुम्बाहाम्फेको उत्कृष्ट छायांकनलाई बिज्ञान राईले सम्पादन गरेका छन् भने राकेश किरातीले निर्देशन गरेका छन्।

नेपाली संगीतको सम्बर्द्धन संरक्षणको लागि अहिलेको नयाँ पुस्ताका रक् तथा आधुनिक गायक तथा संगीतकार बिनोद खम्बु धेरै सम्बेदनशील भएर लागिपरेका छन् । गायक बिनोद खम्बु वास्तवमा पूर्व मोरङबाट गायक बन्न भनेर काठमाडौ भित्रिएका थिए तर उनले गरेको संगीतले चर्चा पाईरहदा आफ्नो स्वरका गीतहरु भने ओझेल परिरहेका थिए। उनले राजेश पायल राईको ‘दर्शन नमस्ते’ एल्वमको ‘शेली आई लभ यू’ बोलको गीतमा संगीत गरेपछि आफू संगीतकारको रुपमा चर्चित बन्दै गए।


….
….
२०५४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतीर्ण गरेपछि करीव २०६६ सालदेखि आफूलाई व्यवसायिक रुपमा सङ्गीतमा स्थापित गर्दै आईरहेका छन् । मंसीरको जाडोसँगै सांगीतिक यात्राको क्रममा नेपालको बिभिन्न जिल्लाका महोत्सवहरुमा गायक खम्वु व्यस्त भईरहेको उनले बताए।

भर्खर मात्र झापाको धारागोला कृषि पर्यटन बर्ष २०७३ को आयोजनामा आफ्नो सांगीतिक कार्यक्रम सकेका छन् । त्यस पछि अरु थुप्रै ठाँउहरु मोरङ, खोटाङ, र अन्त्यमा धनकुट्टामा कार्यक्रम सकेपछि गायक विनोद मलेसिया सांगीतिक यात्रामा लाग्ने उनले बताए।

उनको गीत गाउने तथा संगीत गर्ने शैली सबै पुस्ताका श्रोताहरुलाई सुहाउने प्रकारको हुन्छ, रक,आधुनिक,लोक तथा पप सबै प्रकार गीतहरुमा संगीत भरिसकेका छन् । अझ स्टेज शोहरुमा दर्शकहरुले स्टेजका किंग नै उपाधि दिएका छन्।

उनले करीव एक दर्जन भन्दा बड़ी चलचित्रहरुमा संगीत गरिसकेका छन् । ‘बसमा छैन यो मन’ चलचित्रको गीत निक्कै चर्चित बनेको थियो । भर्खर मात्र आफ्नै स्वर सङ्गीतमा ‘दुइ मुटु हाम्रो’ बोलको म्यूजिक भिडियो यूट्यूब मार्फत सार्बजनिक गरेका छन्।

गायक खम्बुको ‘झन झन खायो झन झन मिठो’ , ‘धेरै साथीहरु बिच’, ‘मोहनी मायाले’ आदि उत्कृष्ट गीतहरुका गाएका छन् भने थुप्रै गीतहरुमा उत्कृष्ट संगीत समेत भरेका छन्।

आकाशमा करोडौ ताराहरुको बिचमा एउटा ध्रुबतारा जति चम्किलो हुन्छ,उसै गरी, सयौ गायक मध्येका एक गायक हुन् विनोद खम्वु । गायक विनोदले सबै भन्दा व्यस्त गायकको उपाधि चुमिरहेका छन्।

नेपाली संगीत क्षेत्रमा जादूमय संगीत भरेको ‘छाडि जाने भए जाउ मायालु ’ वोलको गीत मोरङ निवासी गायिका मेलिना राईले गाउदा उनलाई सांगीतिक रंगमञ्चको उच्च शिखरमा पुर्यायो । पछिल्लो समय जिल्लामा हुने उत्सव कार्यक्रमले गायक विनोदलार्ई थप उचाई प्रदान गरेको छ। मोरङका गायिका मेलिना राई र विनोद खम्वुलाई पूर्ववाट उदाएका चम्किला ताराका उपाधि नेपाली श्रोताहरुले दिईरहेका छन्।

नेपाली संगीत क्षेत्रमा उनको सम्भावना झन् दरिलो हुदै गएको छ । उनले बरिष्ठ गायक राजेशपायल राईको स्वरमा ‘बसमा छैन यो मन’, ‘झझल्को आइरहन्छ नि लै लै’, दर्शन नमस्ते १ देखि दर्शन नमस्ते ३ सम्मै आफनो स्वरमा ‘मुग्लानकी हौ कि तिमी सुरखेतकी हौ’ जस्ता दर्जनौ गीतहरुले दर्शक श्रोताको मन जितेका गायक विनोद अहिले स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहेका छन्।

स्टेज प्रस्तुतीका बहुआयमिक मानिने गायक विनोदलाई बेलायतको सांगीतिक कार्यक्रममा निमन्त्रणा गरिने स्रोतले जानकारी दिएको छ ।





Comments

comments

Leave a Reply

15626