परराष्ट्रले माधव पत्नीसंग घरमै गएर यसरी माफी मागे…

परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमनत्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीको कारण टर्कीमा दुख पाएको भन्दै माफी मागेको छ।

नेपाल दम्पती अमेरिकाबाट फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशिल लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन्।


….
….
सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाइ दुखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन्। प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुख व्यक्त गरेका थिए।

परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुल स्थित अध्यागमनमा २० घण्टा नियन्त्रणमा परेकी थिइन्। ६ महिनाअघि म्याद सकिएको पासपोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुख झेल्नु परेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

15642