रोट्र्याक्ट डिस्ट्रिक्ट सम्मेलन पोखरामा हुने

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, रोट्र्याक्ट नेपाल रोटा वर्ष २०१७—१८ को बोर्ड चयनका लागि नवौं सम्मेलन आउँदो २२ र २३ गते पोखरामा हुने भएको छ।

रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलको व्यवस्थापनमा रोट्र्याक्ट डिस्ट्रिक नेपाल ३२९२ को नवौं रोट्र्याक्ट डिस्ट्रिक सम्मेलन यहाँको सभागृहमा हुन लागेको हो। यसअघि आठौं सम्मेलन धरानमा भएको थियो।

१०८ वटा रोट्र्याक्ट क्लबका प्रतिनिधिले सम्मेलनमा भाग लिने सम्मेलन व्यवस्थापनमा जुटेको क्लबले जनाएको छ । देशभरबाट १ हजारजना रोट्र्याक्ट सम्मेलनमा सहभागी हुने भएका छन् । सम्मेलन व्यवस्थापक संस्था महिला समूह सहभागी एकमात्रै क्लब हो । ‘यसपालि पोखरामा सम्मेलन गर्न पाउँदा रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफूलाई भाग्यमानी सम्झेको छ,’ सम्मेलन व्यवस्थापन संयोजक जेसिका तामाङले भनिन्।


….
….
सम्मेलनमा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि हुने जानकारी सम्मेलन व्यवस्थापक क्लब रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष सुजन गुरुङले बताइन् । युवा प्रतिबद्धताको थिममा हुने सम्मेलनमा महिला नेतृत्व, उद्यमशीलता, प्रकृति एवं वातावरण संरक्षणका विषयमा छलफल हुने जानकारी उनले दिइन् । ‘छलफलमा सहभागी हुन वरिष्ठ पत्रकार रवीन्द्र मिश्र लगायत अतिथिहरु आउँदै हुनुहुन्छ,’ उनले भनिन्।

रोट्र्याक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नरबहादुर गुरुङले देशभरका युवाहरुलाई प्रकृति संरक्षण र उद्यमशीलताका लागि सम्मेलनले हौस्याउने विचार व्यक्त गरे । ‘त्यसका अलावा पोखराको मनोरम प्रकृतिसँग साक्षात्कार गराई यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान गर्नेछ,’ उनले भने । सम्मेलनको मुख्य प्रायोजन रोटरी क्लब अफ पोखरा फिस्टेलले गरेको सहप्रायोजन मेरी स्टोप्स नेपाल रहेको क्लबकी सचिव प्रतिभा केसीले बताइन्।





Comments

comments

Leave a Reply

15648