घुसबाट चल्छन् प्रहरीका गाडी

तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी पर्यो।

प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो। प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च दिएको थिएन। त्यही समस्या देखाउँदै प्रहरीले सहयोगका रूपमा घुस मागेको थियो।


….
….

प्रभागमा तल्लो तहका प्रहरीले पहिलेदेखि नै त्यसरी स्थानीयसँग इन्धनका नाममा पैसा लिँदै आएका थिए।

मुलुकभरका अधिकांश प्रहरी कार्यालयको अवस्था यस्तै छ। गाडी दिने, तर इन्धन नदिने गरेका कारण धेरै प्रहरी कार्यालयले सर्वसाधारणसँग ‘घुस’ इन्धन खर्च जुटाउँछन्। पक्राउ परेका व्यक्तिहरूसँग केही प्रहरीले इन्धनका नाममा सहयोग माग्ने गरेका छन्, जसका कारण प्रहरीहरू विवादमा पर्दै आएका छन्। कतिपय अवस्थामा इन्धनकै नाममा घुस माग्न पनि प्रहरीलाई सजिलो भएको खबर नयाँ पत्रिकामा छ।





Comments

comments

Leave a Reply

15714