नेदरल्याण्ड्समा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

द्रोण रिजाल्, नेदरल्याण्ड्स। यही जनाबरी २,तारिखका दिन ४१औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आम्स्टरडाममा मनाइयो।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको आयोजनामा नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदायको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

विपी कोइरालाको जननिर्वाचित मन्त्रीपरिषदलाई तत्कालिकन राजा महेन्द्रले निलम्बन गरि एकदलीय पंचायती व्यवस्था लागु गरेका कारण भारतमा निर्वासित भएका थिए।

तीसको दशकमा दक्षिण एसियामा भएको विस्तारबादी निती र राजतन्त्रसंगको आन्तिरक द्धन्दका कारण नेपालको राष्ट्रियता संकटमा परेका कारण राष्ट्रिय हितका लागि भन्दै विश्वेश्वर प्रसाद कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको निती लिएर नेपाल फर्केको स्मरण कार्यक्रममा गरिएको थियो।

नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चायले प्रमुख अतिथिको आसनबाट बोल्दै विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको महत्व वर्तमान नेपाली राजनितीमा अझै पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

समितिका अध्यक्ष उत्तम कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रेजी नयाँ वर्ष, ल्होसार, उभौलीलगायत सवैलाई शुभकामना दिदै विपी कोइरालाको मेलमिलापको निती प्रवासमा बस्दा समेत नेपाली समुदायको हितका लागि सवैसंग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने बताए।

कार्यक्रममा नेपाली जनसंपर्क समितिका पूर्व अध्यक्ष ठाकुर शर्मा, गैर आवासीय नेपाली संघका आइसीसी सदस्य श्रीराम कंडेल,गैर आवासिय नेपाली संघ राष्ट्रिय सवान्वय परिषद नेदरल्याण्ड्सका अध्यक्ष हिमाल गुरुङ्, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय अध्यक्ष पुष्प बरुवाल्, ओएनएफका अध्यक्ष प्रेम काजी ( मनु ) गुरुङ , पत्रकार द्रोण रिजाल, नयाँ शक्ति नेपालका प्रतिनिधि हिरण्य ओझालगायतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका बारेमा आफ्ना भनाईहरु राखेका थिए।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा नेदरल्याण्ड्सको नेपाली समुदायविचको भातृत्वलाई मजबुत बनाउन भलिबल प्रतियोगिता आगामी फेब्रअरीमा गरिने भएको छ।

संगठनको तर्फबाट सहभागिलाई स्वागत उपाध्यक्ष चन्द्र पौडेलले गरेका थिए।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)





Comments

comments

Leave a Reply

15766