सिनेमा सेन्सर हुन्छ, तर ट्रेलर सेन्सर किन हुँदैन ?

मेरो सिनेमामा विकृति झल्कने शब्द वा सिन पाउनुहुन्न । मैले बनाएको सिनेमा परिवारमा सँगै बसेर मज्जाले हेर्न सक्नुहुन्छ। मैले सिनेमा बनाउँदा जहिले पनि बुबाआमा, भाइबहिनी प्रिमियर शोमा जान मिल्ने गरी बनाउँछु।

कसैले विकृति फैलाएर झुटो नाम, झुटो पैसा कमाउने सोच्नुभएको छ भने त्यो क्षणिक हुन्छ । अश्लील शब्द वा दृश्यमा फिल्म बनाउनेहरूले एकपटक दर्शकलाई झुक्याउन सक्लान्, तर अर्कोपटक सक्दैनन् । उनीहरू मार्केटमा टिक्दैनन् । कतिपयले ‘ग्ल्यामर’ र ‘भल्गर’ छुट्याउन सक्दैनन् । त्यसले पनि समस्या ल्याउँछ । केहीले गर्दा समग्र क्षेत्रलाई नै असर पारिराखेको हुन सक्छ।

म बौलाएर नांगै हिँड्छु भन्यो भने उसलाई रोक्ने कसले ? कानुनी सजाय त अवश्य होला । एकछिनका लागि त ऊ बाटोमा दौडने भयो। सबैले हेर्ने भए । नेपाली सिने क्षेत्रमा पनि कोही त्यसरी आउँछ भने उनीहरू आफैँ पतन हुन्छन् । कानुनी रूपमा पनि त्यसलाई राम्रो गरी हेर्नुपर्छ। सेन्सर बोर्डमा सिनेमा सेन्सर हुन्छ, तर ट्रेलर किन सेन्सर हुँदैन ? सिनेमा बरु थोरै हलमा हेर्लान्, तर घरघरमा टिभी हुन्छ । त्यहाँ बालबच्चा, दिदीबहिनी, आमाबुबा सबैले ट्रेलर हेरेका हुन्छन्।
(अभिनेता/ निर्देशक भुवन केसीले प्रेम गौतम/ नयाँपत्रिकासंग गरेको कुराकानी)

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)





Comments

comments

Leave a Reply

15772