अमेरिकाको बाल्टिमोरमा तमु ल्होसार भब्यताकासाथ मनाईयो

खेम भट्टचन, वाशिंगटन डिसी। अमेरिकाको बाल्टिमोर शहरमा बाल्टिमोर तमु समाजको आयोजनामा तमु ल्होसार भब्यताकोसाथ मनाईयो।

स्वागत समारोह र बिबिध सांस्कृतिक कार्यक्रम गरेर दुई चरणमा संचालित कार्यक्रममा गुरुङ भाषाको गीतहरु र गुरुङ संस्कृतिको छ्यादु नृत्य, छ्याले नृत्य, कौडा र मारुनी नृत्यमा दर्शकहरुले भरपुर मनोरंजन लिए।

रात्रिभोज सहित पे बार को पनि ब्यबस्था गरिएको उक्त रमाईलो साँझमा गुरुङ भाषाको गीत तथा नृत्यहरुसहितको सांस्कृतिक कार्यक्रममा दर्शकहरु
मध्ये रातसम्मै नाचेका थिए।

नेपाल र अमेरिकाको रास्ट्रियगानबाट शुरु गरिएको स्वागत समारोहमा भर्खरै नेपालदेखि आऊनु भएकी आदिबासी जनजाती महिला महासंघकी केन्द्रिय ऊप-सभापती कुसुम भट्टचनलाई खादा र ब्याच लगाईदिएर अमेरिकामा स्वागत गरिएको थियो।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको स्वागत समारोहमा
ल्होसार सयोजक कुल प्रसाद गुरुंगले ऊपस्स्थित सबैलाई स्वागत गरेका थिए। बाल्टिमोर तमु समाजको आयोजनामा यो पहिलो ल्होसार भएको कुरा संस्थाका सल्लाहकार कुल प्रसाद गुरुङले आफ्नो स्वागत मन्तब्यमा बताए।

कार्यक्रमका प्रमुख अतिथि प्रेमराजा महत, बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ र बयोबृद्ध लोक बहादुर गुरुङ तीन जनाले संयुक्त रुपमा पानसमा बत्ति बालेर ऊद्घाटन गरिएको स्वागत समारोहमा ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष नन्द गुरुङले सम्बोधन गरेका थिए।
….
….
म्याग्दी जिल्ला ताकम धारापानीका मोहन थापा संचालक रहेको बाल्टिमोरको पुलस्की हाईवे व्हाईट मार्श स्थित पार्कर्स नाम गरेको गरेको ३०० सिट क्षमताको पार्टी प्यालेस जस्तै मोटेलको ब्यान्क्वेट हलमा तमु ल्होसार आयोजना गरिएको थियो।





Comments

comments

Leave a Reply

15816