धरानमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल…

सन्तोष काफ्ले –
धरानमा ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) सुरु भएको छ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा बुधबारदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) सुरु भएको हो।

माघ २ गतेसम्म चल्ने फेस्टिबलको जुरी समूहका अभिनेता राजेश हमालले क्ल्याप हानेर उद्घाटन गरे । फेस्टिबल उद्घाटनका लागि निम्त्याईएका प्रमुख अतिथि शिक्षामन्त्री धनीराम पौडेल मौसमका कारण काठमाडौंबाट नआएपछि जुरी समूहले निर्धारित समय भन्दा ४ घण्टा ढिलो गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेता हमालले पहिलो पटक भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलले नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने बताए।

फेस्टिबल संयोजक केपी पाठकले पहिलो पटक एक नम्बर प्रदेशको धरानमा आयोजना गरिएको फेस्टिबल हरेक वर्ष विभिन्न प्रदेशमा हुने बताए। उनले पहिलो फेस्टिबलमा भएका गल्ति सच्याउदै अघि बढ्ने बताए।

फेस्टिबलको पहिलो शो का रुपमा नेपालका पहिलो मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री ‘म अलप हुन चाहान्छु’ प्रदर्शन भयो । सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेको डकुमेन्ट्रीले दर्शकहरुमको मन छोयो।
….

….
उद्घाटन कार्यक्रम ढिलो हुने भएपछि डोम जातीको सामाजिक संघर्षको बारेमा प्रेम राउत र सागरवीर कडरीले निर्देशन गरेको डोम समाज, अईना मेरेडोभा निर्देशित रसियन डकुड्रामा ब्ल्याङ्क पेज, सेनाद सामनोभिक निर्देशित मोन्टेनेग्रोका सर्ट फिक्सन फिल्म ट्याक्कुलिटी अफ ब्लड र अमित नर्वदे निर्देशित सर्ट फिक्सन कलंक प्रदर्शन गरिएको थियो।

उद्घाटन समारोहपछि यौनकर्मी महिलाको सरकारी जागिरमा सफलताको कथा समेटिएको रामकृष्णन् र तुल्सीराम अरन्दे निर्देशित सर्ट फिक्सन एक्ट्रा टाईम, सुभाष गजुरेल निर्देशित नेपालको माओवादी सशस्त्र क्रान्तिले निम्त्याएको दुखद् कथा बारे सर्ट फिल्म हरेरामकी आमा र हेन्रिक पेस्कल निर्देशित जर्मन फिचर फिल्म सि ओ से पल प्रदर्शन भए।

फेस्टिबलमा विभिन्न देशका चलचित्रकर्मी, स्थानीय, सञ्चारकर्मीहरुको उपस्थिति छ । यो फेस्टिबलमा १६ देशका ४७ फिल्महरु प्रदर्शन हुने स्थानीय संयोजक दिपक श्रेष्ठले बताए।





Comments

comments

Leave a Reply

15873