सहारा एकेडेमीलाई हङकङका देव गुरुङबाट साढे २ लाख सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा। सहारा एकेडेमीमा फुटवल खेलाडीहरुको लागि चेन्जिङ रुम समेत निमार्ण हुने भएको छ।

करीब दुई करोडको लागतमा सहारा एकेडेमीसहित फुटवल मैदान निमार्ण भई सकेको एकेडेमीमा करीब १० लाख मूल्य बराबरको चेन्जिङ रुम समेत निमार्ण हुने भएको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।

कानुन व्यवसायी तथा समाजसेवी हङकङ निवासी देव गुरुङले एकेडेमीमा चेन्जिङ रुम निमार्णको लागि आइतबार सहयोग हस्तान्तरण गरेका छन्। दोहोरी गायकसमेत रहेका गुरुङले २ लाख ५१ हजार एक सय रुपैया सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई आहा रारा गोल्ड कपको दोश्रो क्वाटरफाईनल खेलको क्रममा पोखरा रंगशालामा हस्तान्तरण गरेका हुन्।
….
….
यस अघि गुरुङले १३ औं र १४ औं आहा रारा गोल्ड कपको अवसरमा क्लवलाई ५११०० सहयोग गर्दै आएका छन्। साथै उनले एकेडेमीको अक्षयकोषमा समेत सहयोग गरेका छन्। सहारा ऐकेडेमीको भौतिक संरचना निमार्णमा सहयोग गर्ने प्रति धन्यवाद दिदै क्लवका अध्यक्ष आचार्यले एकेडेमीको अक्षयकोषमा थप सहयोग तथा अन्य सहयोग गर्ने प्रति पुनः आव्हान गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16001