सांगीतिक प्रस्तुतिसंगै एनआरएनए कप सम्पन्न

चिरन्जिबी तिम्सिना / एचकेनेपाल डट कम –
कतार। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले अयोजना गरेको एनआरएन कप २०१४ भव्य र सभ्य कार्यक्रमकाबीच अलअरबी स्पोर्टस् क्लबको खेलमैदानमा सम्पन्न भएको छ।

१९ सेप्टेम्बर २०१४ का दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक तामझामले भरिभराउ सो स्टेडियममा आयोजित एनआरएन कपको उपाधि मेचिकाली जनजागृति युवा क्लबले हात पार्दै करिब २ लाख बढीको राशिसहित कप, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। जसको उपाधि हासिल गर्न “नारायणगोपाल आई ए एफ फुटवल टिम” लाई शुन्यकोबिरुद्द तीन गोल लगाउदै “मेचिकाली जनजागृति फुटवल टिम” प्रथम उपाधि हासिल गर्न सफल भएको छ।

कतारको इतिहासमै सस्थाहरुको माउ सस्था मानिने एनआरएनए कतार लामो समयदेखि कतारबासी नेपालीहरुका हितका लागि बिभिन्न कार्याक्रम तथा जनचेतनामूलक कार्यक्रम गर्दै नेपाल र नेपालीको हितका निमित्त सांगीतिक कार्यक्रम, भलिबल, फूटबल तथा भिभिन्न किसिमका तालिमहरुको आयोजना गर्दै आइरहेको छ भने विश्व सामु नेपाललाई खेलकुदमार्फत पनि चिनाउने हेतुले कतारमा रहेका विभिन्न स्टुडियमहरुसंग सहकार्य गरि कतारबासी नेपालीहरुलाई निशुल्क खेल प्रदर्शन गर्दै र गराउदै आइरहेको छ।

यसपटक पनि नेपालका ख्यातिप्राप्त हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढो) चर्चित चर्चित गायिका जुनु रिजाल काफ्ले, चर्चित लोक गायिका देविका केसी, चर्चित गायक तुलसी पराजुली तथा स्थानीय कलाकारहरुका साथमा भव्यताका साथ कार्यक्रम समापन भएको छ। यसैगरी स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको घमासान दोहोरी तक्मे बुढोको नाइनटिन फोउनटिनको कथा हस्याद्पद गजल, जुनु रिजालको मन्त्र मुघ्ध सुमधुर संगीत तथा तुलसी पराजुलीको चोटिलो आवाजले अल अरबी स्पोर्ट्स क्लब भरिनै पूर्ण रौनकता छायाको थियो भने करिब १४ हजार जनाको उपस्थित दर्शकको तालीले झनै रौनकता छाएको थियो l

लामो समयदेखि चलिरहेको एनआरएन कप फुटवल प्रतियोगिता २०१४ को पहिलो संस्करणको पुरस्कार वितरण प्रमुख अथिति नेपाली राजदूताबास कतारका प्रतिनिधि, अलअरबी क्लबका प्रमुख, एनआरएन एन सी सी कतारका अध्यक्ष मक्सुद आलमका साथै उपस्थित विषेश व्यक्तित्वहरुमा पूर्ण के सी, आर के शर्मा उमेश अधिकारी टुकराज अर्याल लगायतका संघ सस्थाका विभिन्न बिशिष्ठ व्यक्तिहरुद्वारा पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1602