साल्मेडाँडाको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न आव्हान…

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारक निर्माणमा सहयोग गर्न अत्यन्तै प्रभावशाली संघ संस्थाका अध्यक्षहरुले आव्हान गर्नुभएको छ।

साल्मे डाडामा निर्माण भइरहेको स्मारकको अवलोकनको क्रममा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, एनआरएन युकेका अध्यक्ष मुछेत्र तमु, सहारा युकेका अध्यक्ष मिनबहादुर तमु, सहारा युकेका प्रमुख सल्लाहकार महेस तमु, नेवा खल कास्कीका अध्यक्ष एवं शिक्षासेवी अशोक पालिखेले स्मारक गोर्खाजको मात्रै नभई राष्ट्रकै गौरब निर्माण हुने भएकाले सहयोगको आव्हान गर्नुभएको हो । उहाँहरुले आव्हान मात्रै गर्नुभएको आफैले पनि सहयोग प्रदान गर्नुभयो । उक्त क्रममा एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमुले १ लाख, तमु धिं युकेका अध्यक्ष ज्ञाम तमुले १ लाख, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले १ लाख, तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले ५० हजार, सहारा युकेका अध्यक्ष मिनबहादुर तमुले ५० हजार, सहारा युकेका प्रमुख सल्लाहकार सामाजिक अभियन्ता महेश तमुले ५० हजार, साहारा एफ सी युकेका अध्यक्ष ले.कुसाङ तर्मुले ५० हजार सहयोग गर्नुभएको थियो।

कार्यक्रममा पहिलो पटक गोर्खा स्मारक स्थलमा पुग्नु भएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफु पनि गोर्खा सैनिक संघ गेसो संस्थापक सदस्य भएको खुलासा गर्नुहुदै गोर्खा स्मारक निर्माणका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले स्मारकको हरेक गतिविधी र आयव्यय पारदर्शी भए सहयोग जुट्ने बताउनुभयो।

तमु धिं यकेका अध्यक्ष ज्ञाम तमुले अत्यन्तै उत्कृष्ठ ठाउमा गोर्खाजको पुण्यस्थल निर्माण भइरहेको खुशी व्यक्त गर्नुहुदै नेपाल चिनाउने सगरमाया, बुद्ध र बीर गोर्खाहरु हो तिनै गोर्खाको स्मारक निर्माण सम्पन्न गराउन सरकारका साथै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । गेसो मात्रै होइन नेपालकै गौरबको स्मारक निर्माणले उक्त क्षेत्रका विकास द्रुतगतिमा हुने बताउनुहुदै निर्माणमा कुनै व्यवधान आएर राजदुतलाई आफुले सम्पर्क गर्नु उद्घोष गर्नुृभयो । र तमु धिं युकेको तर्फबाट उक्त निर्माण सहयोग रहने बताउनुभयो।

तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद तमुले अत्यन्तै रमणीय स्थलमा राम्रो कामको थालनी भएकाले सबैको सहयोगको जरुरी छ, स्वेच्छिक सहयोगको लागि आग्रह गर्नुभयो।

एनआरएन युकेका अध्यक्ष मुक्षेत्र तमुले अत्यन्तै राम्रो कार्यको थालनी भएको छ, यसलाई निरन्तरता दिनुस सहयोगहरु आइरहने उहाँको भनाई थियो । उहाँले आफ्नो तर्फबाट सहयोग गर्नुहुदै सबैलाई सहयोग गर्न आव्हान गर्नुभयो।

नेवा खल कास्कीको अध्यक्ष तथा शिक्षासेवी अशोक पालिखेले पोखरालाई चिनाउने माछापुच्छे्र र फेवाताल सँगै गोर्खा स्मारक एक आकर्षण केन्द्र बन्ने बताउनुभयो । गोर्खा स्मारकलाई गोर्खाज्को मात्रै होइन सबै नेपालीको भन्ने भावनाबाट अघि बढे धेरै सहयोग हुने बताउनुभयो । उहाँले स्मारकको वरिष्ठ डिजाइनर शंकरनाथ रिमालसँग भेटहुदा निर्माणको सबै जानकारी प्राप्त भएको भन्नुहुदै गोर्खा स्मारक निर्माण सम्पन्नले उक्त क्षेत्र अन्यन्तै आकर्षित बन्ने ठोकुवा गर्नुभयो । उहाँले साल्मेडाडालाई गुरासको बगैचा बनाउनु समेत सुझाव थप्नुभयो।

सामाजिक अभियन्ता, सहारा युकेका प्रमुख सल्हारका महेश तमुले गोर्खा स्मारकको प्रचार पुगेको छैन मिडियोको साथ सहयोगको अपेक्षा गर्नुहुदै सके सम्म छिटो सम्पन्न गराउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो।

साहारा क्लव युकेका अध्यक्ष मिनबहादुर तमुले गोर्खा स्मारक सम्पन्न गर्नका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो।

गेसोका निर्वतमान सभापति तथा गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर तमुले स्मारक निर्माण अवलोकनका लागि पुग्नु भएको सबैप्रति आभार व्यक्त गर्नुृहुदै सहयोगको आग्रह गर्नुभयो । उहाँले पहिलो चरणको कार्य लाहुरेहरुकै तर्फबाट आफुहरुले सम्पन्न गर्ने भन्नुहुदै अन्य निर्माण योजनाका बारेमा जानकारी गराउनुभयो । उहाँले गेसो आन्दोलन र उठाएका मुद्धाका बारेमा सबैले बुझ्नुपर्ने भन्दै प्रष्टयाउनुभएको थियो।

कार्यक्रममा गेसो अल्डरसट युकेका अध्यक्ष जंगबहादुर तमुले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदै स्मारक सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको थियो भने सञ्चालन डा.चन्द्रबहादुर तमुले गर्नुभएको थियो।

कार्यक्रममा स्मारक निर्माणका लागि दिन रात खटिरहनु भएको कमल, आशा, कृष्ण, अचम, राजु तमुलाई खादा लगाएर सम्मान गरिएको थियो । यसरी नै तमु धिं युके, एनआरएन युके, सहारा युके, सहारा एफसी लगायतबाट गेसोका निवर्तमान सभापति तथा गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर तमु र सल्लाहकार डा.चन्द्रबहादुर तमुलाई खादा लगाएर सम्मान गरिएको थियो । अवलोकनमा पुगेको युकेसहितको पोखराको टोलीलाई आयोजक गोर्खा स्मारक ट्रष्टको तर्फबाट फूलमाला र खादाबाट स्वागत गरिएको थियो भने दिवाभोजको आयोजना गरिउको थियो।

बेलायती साम्राज्यको पक्षमा विश्व युद्धहरु लगायतको विभिन्न लडाइहरुमा मारिएका, हराईरहेका एक लाख बीस हजार भन्दा बढी गोर्खा पितृहरुको समाधिस्थल, संग्रहालय, गोर्खा ग्राम, गोर्खा टावर, रेल, गोर्खा पार्कसमेतको महत्वकांक्षा योजनाका साथ निर्माण भईरहेको छ भने गोर्खा स्मारक अन्र्तगतको पहिलो चरणको समाधिको निर्माण अन्तिम चरणमा पुगेको गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर तमुले जानकारी दिनुभयो।
….
….

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16026