नेपालमा किन बिदेशी कम्पनीहरुले लगानी गर्न चाहदैनन्?


कृष्ण राज पाण्डे –
विश्व भरिका धेरै जसो लगानीकर्ताहरुले आफ्नो लगानी चाईनीज र भारतीय कम्पनीमा गरिरहेका छन्। विश्वकै सबै भन्दा ठूलो क्यापिटल मार्केट अमेरिका र अरु युरोपियन र एशियन मार्केटका लगानी कर्ता नेपालको कम्पनीमा लगाउन खोज्दैनन्। वॉशिंगटन डीसीस्थित ईन्वेस्टमेन्ट कम्पनी ज़ोहन हेकएलारको सहकार्यमा भई रहेको यस प्रोग्राममा नेपाली र विदेशी कम्पनीहरुले कसरी नेपाललाई लगानीको केन्द्र बनाउन सकिन्छ र साथै लगानी लगाउन लायक नेपाली कम्पनीसँग वार्तालाप गर्ने छन्।

नेपाल इनवेस्टमेंट एण्ड बिज़नेस कन्फरेन्स” नामक कार्यक्रम यही माघ २९ गते काठमाडौमा हुदैछ।

यस प्रोग्राममा अमेरिकी रिपब्लिकेन पार्टीको टिकेटका पूर्व एल सेंट्रो क्यालिफोर्नियाका मेयर र अहिले पोलिटिकल स्ट्राटेजिस्ट डेविड ढिलन, अमेरिकी इनवेस्टमेंट कंपनी ज़ोहन हेकलरका वाइस चेयर म्यान आशुतोष श्रीवास्तव, अमेरिकी रक्षा मन्त्रलायकी पूर्व कम्यूनिकेशन कन्सल्टेंट उरुज परवेज़, युरोपका इन्वेस्टर टिम गोचेन, म्यागसेसेबाट सम्मानित महावीर पुन, मुन्छा डट कम का सी ई ओ अमृत तुलाधर, बिज़नेस वकिल अनुप राज उप्रेती र नेपाल नागरिक लगानी कोषका डाइरेक्टर राम कृष्ण पोखरेलको अन्तरक्रिया रहने छ। यस कार्यक्रममा अमेरिकी राजदूतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहने छ।

यस्तै, ठूला कंपनी जोसँग धेरै पैसा छ, तिनीहरुले पनि भारत र चीन जस्तै मुलुकमा ब्यापार गर्दै छन्। कुनै पनि देशको कंपनी त्यति बेलासम्म ठूलो हुँदैन जबसम्म त्यस कम्पनीले लगानी भित्राउन सक्दैन । नेपालमा न त कुनै लगानीकर्ता नै छन, न त कुनै बिदेशी लगानी । यस्तो परिस्थितिमा साना र नया नेपालका कम्पनीहरु पीडामा फसेका छन्।

यस कन्फरेन्समा नेपाल र विश्वभरिका बिजनेस र लगानीकर्ताहरु सम्मिलित हुने प्रोग्राम रहेको छ। नेपाली कंपनीहरु जस्ले विदेशी इनवेस्टमेंट कंपनीसंग पैसा उठाउने प्रपोज़ल गर्दै छन उनीहरुले धेरै इन्वेस्टरहरुसंग भेट्ने मौका पाउने छन्।

यस्तै प्रोग्राम गत हप्तामा नेपालको राजदूतावास नयाँ दिल्लीमा पनि सम्पन्न भएको जानकारी नेपालका लागि भारतीय राजदूत दीप कुमार उपाध्यायले दिए। यस्तो कार्यक्रमहरुले लगानी कर्ताहरुलाई नेपालको बारेमा जानकारी दिन मद्दत मिल्ने, नेपालका मिहिनेत नयाँ पुस्ताका ब्यवसाय गर्ने चाहनेहरुलाई अरु लगानी कर्ता र पार्ट्नरहरुसँग भेंटने महत्वपूर्ण माध्यम बन्ने छ।

जहाँ कि भारत र चाइनाका कम्पनीहरुले पछिल्लो दुई दशकमा खरबौं लागानी आफ्नो देशमा भित्र्याएका छन्। दुई ठूलो देश भारत र चाइनाको बीचमा रहेको नेपालको नाम सुन्दा लगानीकर्ताहरु टाढा टाढा भाग्ने गरेका छन्”, कार्यक्रमका प्रमुख अतिथि आशुतोष श्रीवास्तवले भने।
….
….





Comments

comments

Leave a Reply

16051