तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा…

राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन्। राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ। बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन्। गाउँ इकाइ समितिको भेलामा भने देवयानी शैलुंगेश्वर गइनन्।

‘हाम्रो गाउँ इकाइ समितिले उहाँलाई क्षेत्रीय प्रतिनिधि बनाएको छ, अब उहाँ जिल्ला प्रतिनिधि बन्नुभयो भने राप्रपाको महाधिवेशनमा सहभागी हुने बाटो खुल्नेछ,’ राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले भने, ‘त्यसपछि उहाँ सक्रिय राजनीतिमा आउने सम्भावना रहन्छ।’ जिल्ला अधिवेशनमा पनि देवयानी दोलखा जाने–नजाने यकिन छैन। देवयानी हाल काठमाडौंमै छिन्। उप्रेती राणानिकट हुन्। ६ माघमा भएको गाउँ इकाइ समितिको भेलाले देवयानीलाई इकाइ सदस्यमा पनि निर्वाचित गरेको छ। क्षेत्रीय प्रतिनिधिमा देवयानीसँगै उप्रेती, भोजराज आचार्य, मन्दा थपलिया, आपूर्वा शेर्पा र जगतबहादुर तामाङ चयन भएका छन्।
….

….
राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन्। ‘देवयानी राजनीतिमा आउन खोज्नुमा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको प्रमुख भूमिका स्वाभाविक हो, उहाँले छोरीलाई राजनीतिमा स्थापित गरेर आफ्नो उत्तराधिकारी बनाउन चाहनुभएको छ,’ राणानिकट अर्का केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने। देवयानीले संविधानसभाका दुवै निर्वाचनमा सिन्धुपाल्चोक पुगेर प्रचारप्रसार गरेकी थिइन्।

देवयानी १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिकाका रूपमा चर्चामा थिइन्। नारायणहिटी काण्डमा उनका प्रेमी दीपेन्द्रसहित तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्रलगायतको निधन भएको थियो। उक्त घटनापछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन्। पारिवारिक स्रोतका अनुसार नयाँदिल्लीस्थित युएनडिपीमा जागिरे रहेकी उनको पछिल्लो समय श्रीमान्सँग सम्बन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ छ। उनी नयाँदिल्लीमा बस्दै आएकी छिन्।

राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।
….

….



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : के सम्भव छ नेपालमा ‘पोर्न’ प्रतिबन्ध ?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.