साल्मेडाँडाको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमु

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १७ माघ। विश्वयुद्धलगायत विभिन्न लडाईहरुमा मारिएका र बेपत्ता बनाएका ६० हजार गोर्खा भूपूको सम्झनामा गोर्खा भूतपूर्व सैनिक संघ गेसो, गोरखा स्मारक ट्रष्टद्धारा स्याङजा जिल्ला फेदिखोला गाविस वडा नं. ८ साल्मेडाडामा निर्माण भइरहेको गोरखा समाधि निर्माण समितिमा पुरनध्वोज तमुको अध्यक्षतामा ११ सदस्यीय निर्माण समिति गठन भएको छ।

गेसोको केन्द्रीय तथा क्षेत्रीय समितिको संयुक्त बैठकले निर्णय गरे बमोजिम सोमवार पोखरामा गेसो अल्डरसट क्षेत्रिय शाखाका अध्यक्ष जंगबहादुर तमुको अध्यक्षतामा सम्पन्न भेलाले निर्माण गरिएको समितिको उपाध्यक्षमा टिकाबहादुर पुन, अर्का उपाध्यक्षमा राधा तमु, सचिवमा तिलबहादुर तमु, सहसचिवमा खरीकुमारी तमु, कोषाध्यक्षमा रामबहादुर तमु, सदस्यहरुमा सुर्यबहादुर लामा, मसिनबहादुर तमु, प्रेम तमु(घान्द्रुक), दानजंग तमु चयन हुनुभएको छ।
….
….
नवनिर्वाचित अध्यक्ष पुरनध्वोज तमु चारभञ्ज्याङ तमु समाजका संस्थापक अध्यक्ष, गेसोका अभियन्ता र वरिष्ठ समाजसेवी हुनुहुन्छ।

नवनिर्वाचित कार्यसमितिलाई गेसोका निवर्तमान अध्यक्ष पदमबहादुर तमुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

करिब ६ महिनामा सम्पन्न हुने भनिएको समाधिको अबदेखिको निर्माणको नेतृत्व र अनुगमन नवनिर्वाचित कार्यसमितिबाट हुने भएको छ।

समितिको सल्लाहकारहरुमा तारापति सुवेदी, टकबहादुर तमु(अचम), दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदीलगायत रहनुभएको कार्यक्रमको समन्वयकर्ता गेसोका सल्लाहकार डा.चन्द्रबहादुर तमुले जानकारी दिनुभयो।

निर्माणभईरहेको गोर्खा स्मारकको पहिलो चरणको गोर्खा समाधि सम्पन्न सँगै, गोरखा म्युजिम, गोर्खा ग्राम, टावर, रेल लगायत सञ्चालनमा ल्याउने योजना रहेको पुर्व अध्यक्ष पदमबहादुर तमुले जानकारी दिनुभयो।
….

….





Comments

comments

Leave a Reply

16081