चीन नेपालसंग किन रिसायो?

संसदको अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समिति सदस्यले वर्तमान असन्तुलित र कमजोर कुटनीतिका कारण चीन नेपालसँग सशंकित भएर टाढिएको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्।

समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रसचिव शंकरदास बैरागीसँग सांसदले सरकारको असन्तुलित र कमजोर कुटनीति सम्बन्धमा प्रश्न गरेका थिए।
….

….
सरकार भारतसँग राष्ट्रिय हितका मुद्दामा लम्पसार परेको तर अर्को छिमेकी चीनसँगको द्विपक्षीय सम्बन्धलाई बेवास्ता गरेको कुटनीतिक वृत्तमा टिप्पणी भइरहेका बेला समिति सदस्यले सरकारको छिमेकी राष्ट्रसँगको सम्बन्धबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘सरकारको असन्तुलित कुटनीतिबाट चीन अहिले नेपालसँग सशंकित भएर रिसाएको कुटनीतिज्ञहरुले बताइरहेका छन्,’ सांसद श्याम श्रेष्ठले भने।

उनले चीनसँग पूर्ववर्ती सरकारका पालामा भएका सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको बताए।

बैठकमा सत्ताधारी गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसद बलबहादुर केसीले यतिबेला भारत र चीन दुवै छिमेकीसँग नेपालको कुटनीतिक सम्बन्ध बिग्रेको बताए। अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ।
….
….





Comments

comments

Leave a Reply

16094