उपेन्द्रलाई पत्ता लगाउन युवतीलाई फोन, आखिर कहाँ हराएका थिए उपेन्द्र?

काठमाडौं, १९ माघ । चारवटै मोबाइल स्विच अफ गरी उपेन्द्र यादव कुनातिर पसेपछि मधेसी मोर्चामा खैलाबैला मच्चियो।

केन्द्रीय नेता, अंगरक्षक, ड्राइभर कसैसँग सम्पर्कमा नरहेका यादवको अस्ति १५ गते ल्होछारको दिन एउटी महिलासँग सम्पर्क गरेको १० मिनेटपछि मात्र मोबाइल अन भयो । अनि बल्ल मोर्चाको निर्णय सार्वजनिक हुन सक्यो।

मधेसी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बबरमहलमा १४ र १५ माघमा बसेको थियो । १४ गते त उपेन्द्र उपस्थित थिए । तर, १५ गते आएनन् । उनको अनुपस्थितिमा राजेन्द्र श्रेष्ठ त्यहाँ देखिए । तर, ‘मलाई ल्होछारको कार्यक्रममा जानु छ, बोल्ने पालो आयो’ भन्दै १० मिनेटमै हिँडे।

मधेसका शीर्षस्थ नेतालाई राजेन्द्रले आश्वासन दिएका थिए, ‘उपेन्द्रजी आउँदै हुनुहुन्छ, उहाँ बैठकमा रहनुहुन्छ।’
….

….
तर, ३ घण्टा बित्दासमेत उपेन्द्र बैठकमा आएनन् । १४ गतेको पूर्वसहमतिअनुसार मधेसभरी स्थानीय निकायको प्रतिवेदन जलाउने, संविधान संशोधनका लागि दबाब दिने उद्देश्यसाथ २३ गते एक दिने कार्यक्रम गर्ने कुरा थियो । मधेसका शीर्षस्थ नेताले त्यहाँ उपस्थित मिडियाकर्मीबीच पुगेर निर्णय सार्वजनिक गर्न जितेन्द्र सोनाललाई खटाए । जितेन्द्र क्यामेरअगाडि के उभिएका थिए, महेन्द्र रायले भाँजो हाले । ‘ए जितेन्द्र ! पर्खनुहोस्, उपेन्द्र यादवलाई नसोधी कहाँ हुन्छ ?’ महेन्द्रको चट्टानी अडानका कारण निर्णय सार्वजनिक हुन ढिलाइ भयो।

मधेसका सबैजसो नेताले उपेन्द्रको मोबाइलमा सम्पर्क प्रयास गरिरहे । तर, सम्भव भएन । करिब एक घण्टासम्म शरतसिंह भण्डारीदेखि जितेन्द्र सोनाल, महेन्द्र राय, केशव झा, मनिष सुमन सबैले फोन घुमाए । यही बीचमा जितेन्द्र सोनालले रेखा यादवालई फोन लगाए । तर, कहींबाट ‘तार’ लागेन।

बीचमै राजकिशोर यादवको पार्टी फोरम गणतान्त्रिकका सञ्जय यादवले मिश्रा थरकी एउटी महिलालाई फोन गरे । जानकार यादवले ‘हामीलाई उपेन्द्र यादवसँग सम्पर्क गर्नुछ, तपाईंसँगै हुनुहोला, एकपटक जसरी पनि भेटाइदिनुस, जरुरी छ’ भने । उताबाट जवाफ आयो, ‘१० मिनेटपछि गर्नुहोस्, उनको स्वीच अन हुन्छ ।’नभन्दै १० मिनेटपछि भण्डारीको पार्टीका महासचिव केशव झाले फोन गर्दा उपेन्द्रको फोन अन थियो। जनआस्था साप्ताहिकले खबर छापेको छ।
….
….





Comments

comments

Leave a Reply

16096