हङकङमा पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

हङकङ । १ फेब्रुअरी २०१७ ।
हङकङ अवस्थित विभिन्न मिडियाकर्मी नेपाली पत्रकारहरुबीच एक ‘पत्रकार कार्यशाला गोष्ठी’ मंगलबार सम्मपन्न भएको छ। गोष्ठीमा लिम्बु पत्रकार महासंघका उपाध्यक्ष बिष्णुमाया सिंघक लिम्बुले कार्यशाला गराएकी थिइन्।

ग्लोबल मिडिया र नेपाली पत्रकारिता, नेपाली पत्रकारितामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शीर्षक रहेको गोष्ठीमा सिंघक लिम्बुले आफ्नो अनुभव सिकाउदै आम संचार र तिनका अनुसन्धानहरुमा लगानी गर्नु पर्ने वताइन्।

आदिवासी जनजाति पत्रकारिता माथि उठ्न नसकिरहेको र उठ्न नसक्नुका कारण समाज पनि जिम्मेवार रहेको वताए । पत्र–पत्रिका र अध्ययनहरु संवन्धी समाज पूर्णरुपमा सचेत हुने हो भने आदिवासी जनजाती पत्रकारिता र तिनका मिडिया हाउसहरु आफै माथि उठ्ने लिम्बू वताउछिन्।

आदिवासी जनजाति, उत्पीडित, महिला जनचेतना र विकाशको लागि गोष्ठीको आयोजना आफूले कार्यशाला गोष्ठीको आयोजना गरेको गोष्ठी संयोजक रविन लिङदेनले वताए । यस्ता जनचेतनको लागि भविष्यमा अझ धेरै कार्यक्रमहरु आफूले गर्ने लिङदेन वताए।

पत्रकार तथा माओवादी नेता रबिन लिङदेनको संयोजनमा रहेको कार्यशाला गोष्ठीमा दर्जन भन्दा धेरै हङकङका नेपाली मिडियाहरुको सहभागिता थियो।

जोर्डनस्थित किरात याक्थुङ चुम्लुङ हिमको हलमा सम्पन्न उक्त गोष्ठीमा हङकङका नेपाली पत्रकारहरु सहित संघसस्थाको कार्यकारी पदाधिकारी, कलाकार, समाजसेवी लगायतका विभिन्न वौदिक व्यक्तित्वहरुको सहभागितामा भएको कार्यशाला गोष्ठी निरन्तर ५ घण्टा बढी चलेको थियो।

बिष्णुमाया सिंघक लिम्बुको गोर्खा एफएम, रिपब्लिका डेली, द गार्खाज साप्ताहिक, तान्छोप्पा, जर्नल, स्मारिका सम्पादन र मास कम्यूनिकेशन राइ युनिभर्सिटी इण्डिया, त्रिभुवन युनिभर्सिटी, विभिन्न रिर्सचहरुमा गरेको अध्ययनहरुको अनुभवहरुको कार्यशाला गोष्ठी भएको थियो । रिर्सचहरुकै क्रममा उनले निर्माण गरेको ३० मिनेटको डा. हर्क गुरुङको जिवनी वारे र ५ मिनेटको “माङगेना” लिम्बु जातिको शिर उठाउने मुन्धुम वारे डकुमेन्ट्री फिल्म प्रदशन भएको थियो।
….
….





Comments

comments

Leave a Reply

16113