परपुरुषसँग लागेकी आमाले करतूत लुकाउंन आफ्नै ६ वर्षीया छोरीको घाँटी थिचेर हत्या

राजविराज, माघ २३ गते पातो ५ का ३ बर्षीय रामअवतार यादवको घाँटी निमोठेर घरकै आगनमा हत्या भयो । आमा चन्द्रिकादेवीसँग भएको घरायसी विवादमा काकी उर्मीलादेवीले बालकको हत्या गरेको प्रहरीले जनाएको छ।

गत साउन १२ गते हनुमाननगर योगनीमाई ७ की ६ बर्षीया प्रतिमा मण्डलको घाँटी थिचेर हत्या भयो । रानीदेवीको परपुरुषसँग रहेको सम्बन्धबारे बालिकाले देखेपछि आमाले नै मलेकपुर १ का शिवशंकर सँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ।

गत मंसिरमा हरिपुर ३ का ८ बर्षीय बालक दुर्गानन्द साहलाई छिमेकीले पैसा असुल्ने नियतले अपहरण गरी घाँटी थिचेर हत्या गरे । शौचालयको सेफ्टी ट्याङकीमा शव भेटियो।

१० महिनाअघि राजविराज ५ की सञ्जिलादेवीले सम्पत्तीमा एकल कब्जा जमाउन ८ बर्षीय देवर प्रमोदको घाँटी थिचेर हत्या गरिन्।

पछिल्लो समय सप्तरीमा हत्या , अपहरण र जबरजस्ती करणीका घटनामा आफन्त, नातेदार र छिमेकीको संलग्नता खुलेको खबर कान्तिपुर दैनिकले छापेको छ। जसका कारण जिल्लाका बालबालिका आफन्त र छिमेकीबाट सबैभन्दा असुरक्षित हुँदै गएको पुष्टि गर्छ।





Comments

comments

Leave a Reply

16212