कतारमा तमूहरुको चेलिबेटी भोज सम्पन्न

१३ फेब्रुअरी, २०१७ दोहा, कतार । तमू (गुरुङ) समाज कतारको आयोजनामा चेलिबेटी भोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार फेबु्रअरी १० तारिखका दिन कतारको नज्मा स्थित अलनक्याम रेष्टुरेण्टमा विभिन्न रोचक कार्यक्रमहरुको आयोजना सहित भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ।

औपचारिक कार्यक्रम ः
तमू समाज कतारका अध्यक्ष खेम तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी कतारका उपाध्यक्ष प्रविण तमूको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथिहरुमा समाजका प्रमुख संरक्षक बिलबहादुर तमू र संरक्षक सदस्य बुधबल तमू लगायत निर्देशक सल्लाहकार कृष्ण तमू, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक अध्यक्ष लिलम चिडी मगर, नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राई, ब्यवसायी ÷ समाजसेवी माया केसी, गायीका देविका केसी गुरुङ, तमू प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष लिलकुमार टु क्ह्ेब्री तमू, समाजका सल्लाहकारहरु बुद्ध तमू, धनराज तमू, नन्दु घले तमू, आशबहादुर तमू – गोरखा, रनबहादुर तमू, आशबहादुर तमू – कास्की, समाज अन्तर्गत तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमू, तमू खेलकुद समितिका कार्यवाहक अध्यक्ष पुरन तमू, महिला विभागकी संयोजक टौमाया तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू लगायत थिए ।
समाजका प्रथम उपाध्यक्ष रस (शिव) तमूले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि प्रविण तमूबाट द्विप प्रज्वलित गरि विधिवत रुपमा शुभारम्भ गरिएको कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए ।

सम्मान कार्यक्रम ः
भोजका साथमा चेलिबेटीहरु सम्मानित ः
तमू समाज कतारको मातहातमा रहेको महिला विभागका पदाधिकारी तथा सदस्यहरुलाई टाटनको क्रमु (पछयौरी) ले सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुने लगभग ५० जना चेलिहरुमा नेपाली महिला समाजकी अध्यक्ष रेखा राई र ब्यवसायी ÷ समाजसेवी माया केसी, गायीका देविका केसी गुरुङ समेत हुनु हुन्थ्यो । तरुलको साथमा सेल रोटि र बोडीको अचारको स्वादिलो परिकारबाट सुरु भएको खान पिनको कार्यक्रम विभिन्न स्वादिलो भोजनबाट समापन गरिएको थियो।

बिभागिय सचिव र सांस्कृतिक अध्यक्ष सम्मानित ः
तमू समाज कतारको जिन्सी सामान विशेष गरि साउण्ड सिस्टम ब्यवस्थापनमा विशेष योगदान पु¥याउनुका साथै समाजको हरेक कार्य सफल बनाउन अहोरात्र खट्नु हुने बिभागिय सचिव पम तमू र तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमूलाई समाजले क्रेगि (फेटा) बाट सम्मान गरेको छ ।
सदस्य द्वय र नृत्य निर्देशक सम्मानित ः
गत डिसेम्वर ३० तारिखका दिन सम्पन्न भएको तमूहरुको महान पर्व च्øह ल्होसार विशेष कार्यक्रमलाई सम्पन्न गर्न अहम भुमिका खेल्नु भएका कार्यसमिति सदस्य आशलाल तमू र आजिवन सदस्य भेष तमू द्वय क्रेगि (फेटा) र सम्मानपत्रबाट सम्मानित भएका छन । त्यसै गरि च्øह ल्होसार विशेष कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन प्रमुख भुमिका खेल्नु भएका तमू सांस्कृतिक परिवारका प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमूलाई फेटा (क्रेगी) ले सम्मान गरिएको थियो ।

कलाकारहरु सम्मानित ः
तमू समाज कतारको आयोजनामा गत डिसेम्वर ३० तारिखका दिन सम्पन्न भएको तमूहरुको महान पर्व च्øह ल्होसार विशेष कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिनु भएका तमू सांस्कृतिक परिवारका कलाकारहरुलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि प्रविण तमू र पच्यु चिवा निल तमू सम्मानित ः
समाजका प्रमुख संरक्षक बिलबहादुर तमूले अध्यक्ष खेम तमू र प्रमुख अतिथि प्रबिण तमूलाई क्रेगि (फेटा) द्वारा सम्मान गरेका थिए । त्यसै गरि तमू समाज कतारले गत डिसेम्वर ३० तारिखका दिन आयोजना गरेको च्øह ल्होसार कार्यक्रममा खेगीको भुमिकामा रहेर यस वर्षको ल्हो (वर्ग) ले ल्याएको राम्रो नराम्रो ग्रह दसा तर्काउन लगाई दिने रिपा मन्त्राउनु हुने खेगी निल तमूलाई पनि क्रेगीद्वारा सम्मान गरियो ।

अध्यक्ष र सल्लाहकारद्वय सम्मानित ः
चेलिबेटी भोज कार्यक्रममा चेलिबेटीहरुले समाजका अध्यक्ष खेम तमू सहित सल्लाहकारद्वय धनराज तमू र बुद्ध तमूलाई फेटा (क्रेगी) ले सम्मान गरेका छन भने समाजका शाखा समितिका प्रमुखहरु क्रमशः मदन तमु, पुरन तमू, निल तमू, केशरसिंह तमू र पुर्ण तमूलाई सयपत्री फुलको मालाले सम्मान गरेका थिए । भोजको निम्तो मान्न आउने चेलिहरु खालि हात नआउने चलन अनुसार महिला विभागको तर्फबाट अध्यक्ष खेम तमू र प्रमुख संरक्षक बिलबहादुर तमूलाई कोशेली हस्तान्तरण गरिएको थियो । त्यसै गरि तमू प्ये ल्हु संघ कतारमा आबद्ध चेलीहरुको तर्फबाट सबिता तमूस्योको नेतृत्वमा आएका चेलिहरुले अध्यक्ष खेम तमू र प्रमुख संरक्षक बिलबहादुर तमूलाई क्रेगि (फेटा) द्वारा सम्मानित गर्दै कोसेली प्रदान गरेका थिए।

हलहलेको साग हो (लोक दोहोरी गीती क्यासेट) बिमोचन ः
तमू समाज कतारको मानर्थ सदस्य राजेन्द्र भण्डारीको हलहलेको साग हो नामक लोक दोहोरी गीती क्यासेट बिमोचन भएको छ । कार्यक्रमका सभापति, प्रमुख अतिथि र अतिथिहरुले संयुक्त रुपमा उक्त क्यासेट बिमोचन गरेका थिए । कामना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको उक्त क्यासेटमा समावेस लोक दोहोरी गीत देबी घर्ती र दिपक शर्माले गाएका छन । राजेन्द्र भण्डारीको शब्द रहेको लोक दोहोरी गीतमा दिपक शर्माले संगीत दिएका छन ।

रमाईलो सांस्कृतिक तथा साहित्यिक प्रस्तुति ः
तमू सांस्कृतिक परिवारका कलाकारहरुको आकर्षक प्रस्तुतिमा सहभागि सबै मन्त्र मुग्ध थिए । एक पछि अर्को प्रस्तुतिले कुनै ब्यवसायिक सांस्कृतिक कार्यक्रमको झल्को दिएको थियो । साथै सचिव तेज तमूको समसामयिक विषयमा लेखिएको आकर्षक गजल र कविता प्रस्तुतिले कार्यक्रमलाई साहित्यिक माहौल बनाएको भान हुन्थ्यो । सांस्कृतिक कार्यक्रम कलाकार रेखा तमूस्योले सञ्चालन गरेकी थिईन ।

आर्थिक सहयोग प्राप्त ः
चेलिबेटी भोज कार्यक्रमको लागि भनेर विभिन्न ब्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन । त्यसरी सहयोग गर्नेहरुमा प्रबिण तमू – ५ हजार, माया केसी – ५ सय ५, योगेन्द्र तमू – ५ सय ५, दिल छन्तयाल – २ सय दश, शिवराज क्रोम्छे तमू – १ सय दश, कृष्ण बराल – २ सय २, पदम तमू – २ सय १, बिष्णुलाल श्रेष्ठ – २ सय दश, लिलबहादुर जिसी – २ सय दश, बद्रि तमू – १ सय ५, आर्थर डा“डा खर्क समाज कतार – २ सय ५०, तमू प्ये ल्हु संघ कतार – १ सय ५१, लगायत धेरै छन ।

आजीवन सदस्यताको प्रमाणपत्र बितरण ः
ब्यवसायी तथा समाज सेवी एभरेष्ट नेपाल यूथ एशोसिएशन कतारका अध्यक्ष गत्तम तमूलाई समाजको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ।

भाग्यशाली चिठ्ठाको नतिजा ः
च्øह ल्होसार विशेष कार्यक्रमको सहयोगार्थ समाजले आयोजना गरेको भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशित भएको छ । प्रमुख अतिथि लगायत अतिथिहरुको प्रत्यक्ष रोहबरमा खोलिएको नतिजा निम्नानुसार रहेको छ । प्रथम पुरस्कार एक तोला सुन – संगिता गुरुङ चिठ्ठा नं.०५९४, द्वित्तीय पुरस्कार ५ ग्राम सुन – रमेश गुरुङ चिठ्ठा नं.०९५२, तेश्रो पुरस्कार ३२ ईन्च एलईडी टिभि – दलबहादुर तामाङ चिठ्ठा नं.१२२२, सान्त्वना पुरस्कार मोबाईल फोन सेट ५ जनामा क्रमशः जितेन्द्र पुन मगर चिठ्ठा नं.१५७७, मिना गुरुङ चिठ्ठा नं.०१५४, सुरेन्द्र लामा चिठ्ठा नं.०३३७, प्रतिक गुरुङ चिठ्ठा नं.०६१५ र नवराज गुरुङ चिठ्ठा नं.११९७ । भाग्यशाली चिठ्ठा कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ब्यक्त गर्दै पुरस्कार बिजेताहरुले चिठ्ठाको अर्धकट्टीको साथमा नतिजा प्रकासित भएको मिति देखि १५ दिन भित्र आयोजकस“ग सम्पर्क गरि पुरस्कार लिई सक्नु पर्ने जनाएको छ।

मन्तब्य ः
चेलिबेटी भोज आयोजना गर्नुका कारण वारे प्रकास पार्दै प्रथम उपाध्यक्ष रस (शिव) तमूले तमू समुदायमा रहेको संस्कारलाई प्रवासमा पनि बचाई राख्ने प्रयास हो भने । कार्यक्रममा मन्तब्य राख्ने क्रममा महिला बिभागकी संयोजक टौमाया तमूस्योले परदेशमा चेली अपहेलित र बदनाम हुन्छ भन्छन तर तमू समाज कतारले यसरी हामीलाई सम्मान गर्दा गौरवान्वित भएकाछौं भनिन । ब्यवसायी तथा समाजसेवी माया केसीले पनि परदेशमा यसरी चेलिहरु सम्मानित हुनुको आफनै महत्व रहेकोले आयोजकलाई धन्यवाद दिईन । तमू प्ये ल्हु संघ शाखा कतारका संरक्षक युद्धजंग तमू र तमू प्ये ल्हु संघ शाखा कतारको प्रचार प्रसार सहसंयोजक ईशा तमूस्योले पनि माङी त्हें, रिच्ह्मी कैं पिवा सम्बन्धमा आफनो बिचार राखेका थिए । कार्यक्रमको अन्तमा प्रमुख अतिथि लगायत सहभागि सबै चेलिबेटीहरुलाई धन्यवाद दिदै कतार नफर्कने गरि छिट्टै स्वदेश जान लागेका अध्यक्ष खेम तमूले प्रथम उपाध्यक्ष रस (शिव) तमूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पदै कार्यक्रमको समापन गरेका थिए ।

अध्यक्ष खेम तमूको बिदाई ः
सन २००७ मा साधारण सदस्यको रुपमा तमू समाज कतारमा प्रवेस गरि बिभिन्न महत्वपुर्ण पदभार ग्रहण गरि सकेको अध्यक्ष खेम तमू कतारको बसाईलाई बिट मार्दै स्वदेश फर्कन लागेका छन । त्यसैले समाजमा उनले पु¥याएको योगदानको उच्च मुल्याङकन गर्दै कदर पत्र सहित क्रेगी र समाजको लोगो अङकित खाताबाट सम्मान गरियो । अध्यक्ष खेम तमूको स्वदेस बसाई शुखद रहोस भन्ने कामना गर्दै नचाहदा नचाहदै पनि बिदाईको हात हल्लाउनु परेको थियो ।

कार्यक्रमका फोटो झलकहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

16229