हङकङको नेपाली समुदायमा यसरी बढ्दै छ… जुम्बा डान्स फिटनेसको क्रेज!!!

आम्भु जेठा ‘लिङदेन’ / एचकेनेपाल डट कम –
हङकङ, २० फेब्रुअरी। मानिसको शरीरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । त्यस्तै पछिल्लो समय अलि रमाइलो पारामा शरीरलाई फिटनेस राख्ने तरिका अर्थात क्लासहरुको विकाश हुदै गइरहेको छ । रमाइलो ढंगले शरीरलाई फिटनेस राख्ने मध्ये जुम्बा डान्स फिटनेस पनि एक मानिन्छ।

हङकङको नेपाली समुदायमा आफूलाई स्वस्थ्य र फिटनेस राख्नको लागि जिम, मार्सलाआर्ट, मनिङवाक, साउना, बाथ स्टिमलगायत अन्य धेरै खेलकुदसंगै पछिल्लो समय हरेक हप्ता हाइकिङ जाने चलन पनि बढ्दोछ । त्यससंगै ४ वर्ष नेपालमा जुम्बा डान्स फिटनेस क्लास गराइ सकेका ज्योती थापा तीन महिनाअघि हङकङ छिरेसंगै जुम्बाको क्रेज पनि बढ्दै गइरहेको छ।

नेपाली समुदायमा छुट्टिको समयमा मात्र हुने जुम्बा डान्स फिटनेस क्लास चौंथो पटक संचालन भईसकेको छ । त्यस्तै ज्योती थापाद्वारा नै संचालित चाइनिज समुदायमा पनि जुम्बा डान्स फिटनेस क्लास सुरु भएको तीन महिना पुगेको छ। चाइनिज समुदायहरुमा हप्ताको दुईदिन दुईघण्टा क्लास संचालन हुदै आइरहेको क्लास इन्स्ट्रक्टर थापाले बताइन्।

नेपाली समुदायको लागि जुम्बा डान्स क्लास ब्यवस्थापिका टिना मगरले तेश्रो क्लासबारे सबै सहभागीहरुलाई धन्यवाद दिएकी छिन्। आफूहरुले आशा गरे भन्दा धेरै सहभागिता रहेकोमा खुशी ब्यक्त गर्दै आउने हप्ताहरुमा यस्तै रमाइलो क्लासहरु निरन्तर हुने मगर वताउछिन्।

संगीतको भरमा शरीरको विभिन्न भागहरुको कसरत गरिने जुम्बाले शारीरिक र मानसिक दुवै तरिकाले शरीरलाई स्वस्थ्य राख्ने मानिन्छ । प्रत्येक दिन १ घण्टा जुम्बा डान्स गर्दा शरीरमा भएको मोटोपन घट्ने, शरीरमा नयाँ उर्जा थपिने, अनुहारमा चमक आउने जस्ता कामहरु जुम्बाले गर्ने क्लास इन्स्ट्रक्टरको भनाइ छ।

कोरियोग्राफर समेत रहेकी इन्स्ट्रक्टर थापाले हङकङको महिला विभागको कार्यक्रममा नेपाली समुदायको एक मात्र नृत्यको कोरियोग्राफर गरेकी थिइन्। एक कम्पनीमा काम गरिरहेका थापा कोरियोग्राफरसंगै जुम्बा फिटनेस गराइरहने वताउछिन् । हङकङमा सम्वभतः आफू नै जुम्बा क्लासको पहिलो इन्स्ट्रक्टर हुनसक्ने थापा बताउछिन्।

सन १९९० मा एकजनना कोलम्बियन कोरियोग्राफरले जुम्बाको शुरुआत गरि अर्का ब्राजिलियन पप सिङ्गर अन्तर्राष्ट्रिय एम्बेस्टर जुम्बा फिटनेस बनेसंगै संसार भरि नै फैलिएको मानिन्छ । अहिले संसारको १८० भन्दा धेरै राष्ट्रहरुमा जुम्बा फिटनेस क्लास संचालन हुन्छ।





Comments

comments

Leave a Reply

16313