बेलायतको रोँधीघरमा गेट पास प्रदर्शन

भुपाल गुरुङ / एचकेनेपाल डट कम-
पोखरा, ६ असोज। आदिवासी जनजाति युवाहरु भर्तीका कारणले शैक्षिक रुपमा परेको प्रभाव विषयलाई केन्द्रीकृत गर्दै निर्माण गरिएको चलचित्र ‘गेट पास’ बेलायतको निरमाया रोँधीघर अल्डरसटमा पर्दशन भएको छ।

पोखराबाट पहिलो प्रर्दशनी थालेको फिल्मलाई सपन इन्टेन्टमेन्ट, युकेका वरिष्ट फोटो पत्रकार मिलन तमु र हरिमान तमुको पहलमा बेलायतको निरमाया रोँधीघरमा प्रर्दशन गरेको हो। त्यसैगरि तमु समाज युकेको आयोजनामा सेप्टेम्बर २० तरिखका दिन वेभ्ली लण्डनमा भव्य रुपमा प्रर्दशन भएको छ।

फिल्म प्रर्दशनका लागि बेलायत पुगेका फिल्मका निर्माता तथा निर्देशक मनोज तमु र सपन इन्टेन्टमेन्टका सपन कुमार राईलाई फिल्म पर्दशन अघि समाजका अध्यक्ष शिवशरण तमुले खादाले स्वागत गर्नुभएको थियो। स्वागत कार्यक्रममा बोल्दै निर्देशक तमुले तमु समुदायमा अधारित फिल्मलाई माया गरिदिन आग्रह गर्नुभयो। उहाँले समुदायको उत्थानका निमिक्त तमु फिल्महरु निर्माण भइरहेको भन्दै यसलाई माया गर्ने जिम्मा समुदाय कै भएको जिकिर गर्नुभएको हो। उहाँले गेटपास फिल्म आदिवासी जनजाति समुदायका निमिक्त बनेको भन्दै सम्पूर्णलाई एक पटक हेरिदिन पनि आग्रह गर्नुभयो।

मिस्टर गुरुङ इज अ सोल्जर मेन एण्ड मिस्टर शर्मा इज अ डक्टर भन्ने श्लोकलाई राज्यले पठ्यक्रममा नै समवेश गरि बाल्यवस्थादेखि नै विद्यार्थीहरुको मस्तिष्कामा राखि दिएको प्रति चलचित्र केन्द्रीत रहेको निर्देशकको दावी छ। बेलायत प्रर्दशन कै क्रममा गेटपास अक्टोबर ४ मा बेलायतको ननटोनमा प्रर्दशन हुदैछ। पर्दशनको सम्पूर्ण तयारी भइरहेको व्यवस्थापन पक्षले जनाएको छ।

समन फिल्म प्रोडक्सनको पहिलो प्रस्तुति फिल्म गेट पासमा शान्ती गुरुङ, गौताम गुरुङ र मनोज गुरुङको संयुक्त लगानी रहेको छ। गेट पास यस भन्दा अगाडि देश तथा विदेशका विभिन्न स्थानमा प्रर्दशन भइसकेको छ। गेट पासमा नवनायक सुरज गुरुङ, प्रतिक गुरुङ, र नवनायिका रिना गुरुङ, सोविन गुरुङले डेब्वु गरेका छन्। त्यसैगरि फिल्ममा प्रतिक्षा गुरुङ, डिवि गुरुङ, मनोज गुरुङ लगायतको अभिनाय हेर्न सकिन्छ।

शशी रावतको स्वर रहेको एक मात्र गीत समवेश फिल्मलाई गुरुङ फिल्ममा लामो समय निर्देशकको अनुभव बटुलेका माओत्से गुरुङले खिचेका हुन् भने जसु गुरुङले सहनिर्देशन गरेका छन्। फिल्मलाई दिपेश गुरुङले सम्पादन गरेका छन् भने सगुन श्रेष्ठको कोरियोग्राफी रहेको छ। चलचित्र पोखरा र अर्थर डाँडाखर्क गाविस पर्वतमा छायाङकन गरिएको हो। चलचित्र यस अघि हङकङ, पोखरा, काठमाडौँका स्थानमा प्रर्दशन भइसकेको छ।





Comments

comments

1632