गुरू वैद्यलाई पार्टी एकताको लागि प्रचण्डको पत्र

काठमाडौं, ७ असोज । एमाओवादीले नेकपा-माओवादीसँग पार्टी एकताका लागि औपचारिक रुपमा पत्र लेख्दै ‘बल प्रयोग’ नीति स्वीकार गर्ने जनाएको छ। नेकपा-माओवादी अध्यक्ष वैद्यसँग निरन्तर छलफलपछि दाहालले एकताका पत्र लेखेका हुन्। शनिबार मात्र दाहाल र वैद्यबीच एकताका लागि छलफल भएको थियो।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई सोमबार पत्र लेख्दै वैद्य माओवादीले अघि सारेको छमध्ये जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नेबाहेक अन्य बुँदे प्रस्तावलाई सैद्धान्तिक रुपमा सहमति जनाएका छन्। यसले दुई माओवादीबीच एकताका लागि सैद्धान्तिक गाँठो खुकुलो भएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

वैद्य माओवादीले अघि सारेका सैद्धान्तिक मुद्दालाई सैद्धान्तिक रुपले स्वीकार गरे पनि तत्काल पार्टी एकता हुनेमा एमाओवादीकै कतिपय नेताहरु ढुक्क छैनन् । वैद्य माओवादीभित्र पनि एमाओवादीसंग एकता गर्ने नगर्ने बिषयमा दुई धार छ । सचिब नेत्रबिक्रम चन्द एमाओवादीमा विचलन आइसकेको उल्लेख गर्दै एकता गर्ने पक्षमा छैनन्।

पार्टी एकताकालागि तपाईहरुले प्रस्तुत गरेका सैद्धान्तिक, राजनैतिक तथा सांगठनिक ६ बुादे आधारहरु मध्ये १, ३, ४, ५ र ६ नं. बुँदामा अभिव्यक्त विचार र स्पीरिटमा हाम्रो पार्टी सैद्धान्तिक रुपले सहमत रहेको छ’ दाहालले वैद्यलाई लेखेको पत्रमा उल्लेख छ, ‘२ नं. बुादाको हकमा हामीले जनवादी क्रान्तिका बााकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अगाडि बढ्ने निर्णय गरेको तथ्य स्पष्ट छ ।’ उनले खुला छलफल गरी एकताका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन्। ‘तर, हाम्रो पार्टी, नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने ऐतिहासिक आवश्यकताप्रति गम्भीर रहादै यस विषयमा समेत तपाईहरुसाग खुल्ला र स्पष्ट छलफल गरी साझा निष्कर्षमा पुग्न प्रयत्नशील रहेको तथा रहने तथ्य स्पष्ट गर्दै त्यस दिशामा ठोस पहलका लागि अनुरोध गर्दछ’ उनको भनाइ छ।

वैद्य माओवादीले बैशाखको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले एमाओवादीसंग एकताका लागि छ बुदा अघि सारेको थियो । एकताको शर्तका लागि अघि सारेका बुदाहरुमा माक्र्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने, संसदवादलाई अस्वीकार गर्ने, सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने’ प्रस्तावमा उल्लेख छ, ‘पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने, जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी हुने।’

दाहालले बुदा नम्बर दुईमा उल्लेख भएको नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई भने अस्वीकार गरेको छन् । एमाओवादीले जनवादी क्रान्ति पुरा भएको निश्कर्ष निकाल्दै पुजीवादी क्रान्तिमा जाने निर्णय गरिसकेको छ।





Comments

comments

1647