श्रीमान श्रीमती हत्या गरेर जेल परेकाहरुले गरे जेलभित्रै बिहे…

कालीकोट, जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।

कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो।

कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ । सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन् । जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ । मैले श्रीमान्को हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे । त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो ।’

डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ । दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’

उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Trending Now : पाँच श्रीलंकालीलाई निष्कासन गरिने
16474