अमेरिकामा नेपालीको सम्बन्ध विच्छेद बढ्दो…

वासिङटन – सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको छ।

केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् । अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ । कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए ।

‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’ दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् । अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो।

अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ । अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन्।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । अनि बिदाको प्रकृति पनि फरक हुने हँुदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको खबर कान्तिपुरमा छ।

अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ । कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16508