व्यापारी अपहरणमा संलग्न युवतीको हत्या…

व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छन्। उनको हत्या भएको प्रहरीको आशंका छ।

भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ, धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हो। पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन्।

स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए। आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन्।

युवतीकै सहयोगमा भएको थियो अपहरण
सम्झनाले भेट्न बोलाएपछि मखनमा सारी पसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए। त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिइ हाटखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए। घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो।

अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन्।
त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो। त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घण्टा बन्धक बनाइ नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए। ७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए।

चेक साट्न जाँदा गिरोहका दुईजना पक्राउ
पछि कोठाभित्र ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए। गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। मुख्य नाइकेहरु भने फरार छन्।

अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरीको आशंका छ। नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16658