इलाम समाज हङकङको पाँचौ अधिवेशन र विमोचन कार्यक्रम सम्पन्न

राजकुमार राई / हङकङ –
इलाम समाज हङकङको पाँचौ अधिवेशन तथा विमोचन कार्यक्रम अाइतबार सम्पन्न भएको छ।

कार्यक्रममा इलाम समाज हङकङवाट प्रकाशन भएका पुस्तकहरु सचित राईको माङखिम निबन्ध सग्रह , स्व डिल्लीराम बाङदेल राईको कविता संग्रह म फूल हुं का साथ समाजको स्मारिका इलाम सन्तोषभक्त राजलवटको गीति एल्बम सन्तोष संयुत्त रुपमा साहित्यकार समाजसेवीहरुले विमोचन गरे।

कवि शरण सुब्बाले स्वागत भाषणका साथ इलाम स्मारिकामाथि परिचर्चा गरेका थिए । साझा साहित्यिक श्रृंखलाका संयोजक लालबहादुर गुरुङले साहित्यका महत्त्वमा प्रकाश परेका थिए। समीक्षा समाजका हेम कुमार लवाती ,शशि मदन राई छत्र सुब्बा प्रताप कोयु राईले नेपाली साहित्यका महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा शुभकामना मन्तव्य राखेका थिए।

सचित राईको बहुचर्चित पुस्तक माङखिमको विवेचना गर्दै राज कुमार राईले नेपाली वाङमयमा उत्कृष्ट पाठकीय पुस्तक माङखिमले राजनीतिक समाजिक धार्मिक बैचारिक विश्लेषण गरिएको पुस्तकमा रामप्रसाद राईको स्वाभाविक मृत्यु कि हत्या हो भन्ने सन्दर्भमा खोजमूलक अालेख अाएको यसै गरि रत्न कुमार वान्तावाका विषयमा पनि नयाँ पाटावाट विश्लेषण गरिएको छ भने।

लेखकमा बौद्धिक दृष्टिकोण प्रचुर भएको पुस्तकभित्र धर्म समाज राजनीति बिषयमा विश्लेषणात्मक बिचार अाएको छ पुस्तक यस बर्ष प्रकाशित पुस्तकहरुमा उत्कृष्ट पुस्तक भएको वताए।

समाजका उपध्यक्ष कवि दिपा एवाइ राईले संचालन गरेको उत्त विमोचन कार्यक्रमको प्रमुख अथिति नेपाली लेखक सघका वैदेशिक उपाध्यक्ष राज कुमार राई र सभाका सभापति समाजका अध्यक्ष विपिन राइले गरेको थिए।

पहिलो चरणको कार्यक्रम विसर्जन गर्दै विपिन राईले विमोचित पुस्तक म फूल हु को बिषयमा स्व डिल्लीराम राईले अार्थिक अाभावले जीवनमा पुस्तक प्रकाशन गर्न नसकेको अहिले उनको हङकङ निवासी तारा कुलुङ राईले प्रकाशनमा सहयोग पुराएको मार्मिक भनाइ राखेको थियो । कार्यक्रमको दोस्रो चरणमा इलाम समाजको पाचौ अधिवेशनवाट पुन विपिन राई नै अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन्।





Comments

comments

Leave a Reply

16688