विमलमाथि फिफाको नजर

काठमाडौं-खेल सकिन केही सेकेन्ड मात्र बाँकी थियो। नेपाललाई ०–१ ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो। घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए। कति त धमाधम दशरथ रंगशालाबाट बाहिरिँदै थिए। अन्तिम केही सेकेन्डमा यस्तो आँधी आएजस्तो भयो, जसले खेलको रूपरेखा नै फेरिदियो।

वैकल्पिक खेलाडीका रूपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपाली टोलीको प्राण जोगाइदिए। पराजयको हतासाले सामसुम्म भइसकेका दर्शकमा अकस्मात सास भरियो। गोल गरेर खेल बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाउँदै मैदानमा कुदे। दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो।
विमल … विमल … विमल…

एक मिनेटअघिसम्म फुटबल जगतमा विरलै चिनिएका विमल घर्तीमगर आफ्नो त्यही बराबरी गोलबाट एकाएक युवा स्टारका रूपमा उदाए। र, नेपाललाई साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुर्याँउन सफल भए।

त्यसयता नेपाली फुटबलमा नयाँनयाँ कीर्तिमान बनाउँदै ‘युवा वर्ष खेलाडी’ बाट सम्मानित विमलको चर्चा युरोपेली क्लब ‘एन्डरलेक’ को युवा टोलीमा अनुबन्धित भएपछि झनै चुलिएको समाचार नागरिक दैनिकमा छापिएको छ।

कम समयमै लोकप्रियताको सिँढी चढ्दै गरेका विमलले अर्को ख्याति कमाएका छन्, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेबसाइट (फिफा डट कम) मा आफ्नो उपस्थिति जनाएर। फिफाले विमलको खेलकौशल र लोकप्रियताको पहिचान गर्दै मंगलबार उनको कथालाई आवरण बनाएको थियो, जसमा उनको उदाउँदो करिअरबारे वर्णन गरिएको छ।

फिफा वेभसाइटको ‘होमपेज’मा प्रकाशित फिचर समाचारः
नेपालका सनसनीवाजले तयार गरेको उच्च आकांक्षा





Comments

comments

1677