२३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं, वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन्।

हत्या लागूपदार्थ, सडक दुर्घटनालगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

जेलमा परेका नेपालीको संख्या
साउदीमा – ७६ जना
कुवेतमा – ६१
कतारमा – ५०
यूएईमा – १९
मलेसियामा – १३
बहराइनमा – ६
ओमानमा – ३
कोरियामा – २
इजरायलमा – १

कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ।

साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन।

मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ।

जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16854