बोस्टनमा धुर्मुस-सुन्तली अभियानको लागि १३ लाख संकलन

विजय थापा-
वाशिंगटन डीसी। बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको ‘धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम’बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ।

अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाजसेवी समूहले आयोजना गरेको कार्यक्रममा हिमपात हुने सम्भावना रहेता पनि हिम्मतको साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। र एकै बसाईमा स्व:स्फुर्त रुपमा नेपाली समुदाय भेला भएर असल कारणको लागि आफूले सक्ने आर्थिक सहयोग गरेका छन्।

कार्यक्रमको प्रचार प्रसार संचार माध्यममा प्रकाशमा आएपछि न्युयोर्क ,भर्जिनिया ,कनेक्टिकट ,बोस्टन तथा अन्य राज्यहरुबाट समेत आर्थिक सहयोग भएको समूहका सदस्य शिव प्रकाशले बताए। असल कामको लागि बोस्टनबासीहरु पछि नहट्ने ,सदैव सहयोग र समर्थन गर्ने उत्साहलाई कायम गर्दै उदाहरण बनेका छन्।

सामाजिक संघ/संस्था बिना नै सामुहिक प्रयास र हातेमालो गर्दै बोस्टन बासीले धुर्मुस -सुन्तली अभियानको लागि त्यति रकम उठाएका हुन्। संघ संस्था बिना नै कार्यक्रम गर्न सकिने उदाहरण बोस्टनबासीले प्रमाणित गरेर देखाई दिएका छन्।

कार्यक्रममा शिव प्रकाशले बिशेष प्रस्तुति गर्दै अमेरिकामा बसेर पनि हामी नेपालका भ्रष्ट नेताको खराउ पूजा किन गरि रहेका छौ ? अमेरिकामा पनि खराउ पूजा ? नेतृत्व वर्ग अमेरिकाको भ्रमणमा आउदा अमेरिकामा देखिएको र भोगिएको वास्तविकतालाई प्रस्तुत गरेका थिए।

उनले यस्ता कुरामा अल्झिनुको सट्टा समाजको असल काम गर्न तर्फ हाम्रो ध्यान जान सकोस भन्ने मूल आशय रहनुको साथै नेताको पछाडी दौडनु अनुचित हुने रहेको थियो।

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई यूवा समूहले बोस्टनबासी नेपाली समुदायलाई उत्प्रेरणा गर्दै १३ लाख सङ्कलन गर्न सफल भएका छन्।

कर्मवीर धुर्मुस-सुन्तली अभियानलाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम एक पैसा पनि खर्च नकटाई शत प्रतिशत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने शिव प्रकाशले बताए।

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समूहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन्। रात्रि भोजन निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको थियो भने आयोजकको तर्फबाट आर्थिक सहयोग गर्ने र सहभागी हुने सबैलाई धन्यबाद दिएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

16868