कति पाए पतंजली सुरशाला आइडल जुनियरका विजेताहरुले…?

आलोक शर्मा – सुरशाला फ़ाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा नेपालको पहिलो बाल गायन रियालिटी शो पतंजली सुरशाला आइडल जुनियरको ग्रान्ड फिनाले सम्पन्न भएकोछ।

मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुस के सी पतंजली सुरशाला आइडल जुनियरको बिजेता बनेका छन र साथमा पतंजलिको तर्फबाट रु ५१, ००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०, ०००/- गरि जम्मा नगद रु १ लाख १ हजार नगद पुरस्कार का सहित ३, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन्। सी टि भी मोबाइलको तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन्।

यसै गरि ज्ञान निकेतनमा अध्यनरत काठमाडौंका स्रजल महर्जन युट्युबमा सबै भन्दा बढी दर्शक भोट पाएर “पब्लिक चोइस अवार्ड” को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०, ०००/ १५, ०००/- गरि जम्मा नगद रु ६६,०००/- नगद प्रुस्कार का सहित १, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन्।

त्यसै गरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हासिल गरी पतंजलिको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ०००/- गरि जम्मा नगद रु ७१,०००/- नगद पुरकारसहित २, लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरुस्कार जितेका छन्।

चितवनका अद्दित्य राज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थानमा परि सुरशालाको तर्फबाट नगद रु १०/१० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र CTV Mobile World Apple World का तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। साथमा रेबेल क्रियशनको तर्फबाट पतंजली सुरशाला आइडल जुनियर टप १० लाई नै गीति अल्बम र टप ५ लाई म्युजिक भिडियोको अवसर , लोकप्रिय संगीतकार आलोक श्रीका तर्फबाट टप ७ लाई गीति अल्बमको अवसर पाउनेछन्।

देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए। उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो। रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधानको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए जहाँ दर्शक दिर्गाबाटै पटक पटक उठेरै तालीले सम्मान समेत पाएका थिए।

कार्यक्रममा संगीत साहित्य र कला क्षेत्रका बिशिष्ठ अतिथिहरु उपस्थिति थियो बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, बसन्त सापकोटा गायक रामकृष्ण ढकाल ,प्रमोद खरेल, नरहरि प्रेमी तिलक बम मल्ल, स्मिता घिमिरे, सुभाष प्रधान लगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्व, अविभावक हरुको उपस्थित थियो।

यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमन्त शर्मा, राज सिग्देल र जुन प्रसाईं हुनुहुन्थ्यो भने अमन प्रधान सुप्रिया मास्केका साथमा नरेश भट्टराईले कायक्रम संचालन गर्नुभएको थियो। पतंजली सुरशाला आइडल जुनियर कार्यक्रमका निर्देशक गायक गायक अमृत क्षेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टिमलाई धन्यबाद दिदै सुरशाला फ़ाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजि गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताउनुभयो र साथमा यस पहिलो कार्यक्रमको अपार सफलता पछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुनेघोषणा समेत गर्नुभयो।

पतंजली आयुर्वेद प्रालि नेपालको प्रायोजनमा भएको खोजी बाल प्रतिभाको यस कार्यक्रम ७ महिना पहिलादेखि कान्तिपुर टि.भीबाट प्रसारण भैरहेकोछ।

कार्यक्रमको सम्पूर्ण ब्यबस्थापन सुरशालाबाट श्रीमती संगीता क्षेत्रीले गर्नुभएको थियो। ग्रान्ड फाइनल कार्यक्रम कान्तिपुर टि भीबाट आगामी शनिबार राति ९:३० बजे प्रसारण हुँदैछ।





Comments

comments

Leave a Reply

16875