बेल्जियममा यसरी सम्पन्न भयो- प्रगतिशील महिला मञ्चको तेश्रो एकताको अधिवेशन

केजिन राई / एचकेनेपाल डट कम –

अन्त्वेर्पेन बेल्जियम, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादी (केन्द्र)को बरिष्ठ नेता अन्तर्राष्ट्रिय महाशाखा (बिदेश बिभाग)इन्चार्ज तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ( प्रकाश) को प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा मार्च १९ मा भब्यताको साथ सम्पन्न भएको छ।

प्रमुख अतिथिको रुपमा उपस्थित भएका नारायणकाजी श्रेष्ठ (प्रकाश)ले मैनबत्ति बालेर उद्घाटन गर्नु भयो भने देश र जनताको मुक्तिको खातिर ज्यान आहुति गर्ने ज्ञात- अज्ञात शहिदहरुप्रति सम्मान स्वरुप एक मिनेट मौन धारण गरि औपचारिक कार्यक्रमको सञ्चालन भएको थियो।

उद्घाटन मन्तब्यको क्रममा प्रमुख अतिथि बरिष्ठ नेता प्रकाशले आफ्नो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र आफ्नो तर्फबाट अधिबेशन सफलताको साथै सम्पूर्ण प्रवासी नेपालीहरुलाई सुख-शान्ति तथा समृद्धि र सफलताको शुभकामना दिनु भएको थियो।

देशको वर्तमान राजनैतिक अवस्थाको बारेमा बोल्दै बरिष्ठ नेता प्रकाशले महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सिमित उपलब्धिहरु संघीय लोकतन्त्र, संबिधान सभाबाट नयाँ संबिधानको निमार्ण गरि नयाँ संबिधान मार्फत धर्म निरपेक्षता, समानुपातिक समाबेशीता , लिंगीय तथा जातीय बिभेदको अन्त्य, महिला तथा दलित अधिकार, क्षेत्रिय रुपमा भएको बिभेदको अन्त्य जस्ता युगान्तकारी परिवर्तनहरु गरेको छ , तर यि सबै परिवर्तनलाई संस्थागत गर्नको लागि अगामि माघ २४ भित्र हरहालतमा स्थानिय तह, प्रान्तिय संसद र केन्द्रिय संघीय संसदको निर्वाचन अनिवार्य गर्नुपर्ने तत्कालको कार्याभार रहेको बताउनु भयो।

यि महत्वपूर्ण उपलब्धिहरु आफ्नो पार्टी माओबादी कै एजेण्डा भएको र यसको लागि दशौं हजार नेपालीले वलिदान गरेको , हजारौं बेपत्ता, घाईते तथा अपाङ्ग भएकोले आफ्नो पार्टी माओबादीले नै बढि जिम्मेवारी लिदै नेपालकां आन्तरिक राष्ट्रिय पार्टीहरुलाई एकताबद्ध गरि जुनसुकै हालतमा पनि १९ बर्ष देखि हुन नसकेको स्थानिय तहको निर्वाचन बैसाख ३१ मा गर्नै पर्ने दायित्व छ ,बरिष्ठ नेता प्रकाशले अगाडी भन्नुभयो।

बरिष्ठ नेता प्रकाशले निर्वाचन मार्फत संबिधानको कृयान्वयन गरी समृद्ध नेपालको निर्माण गर्ने र समाजबादमा जाने माओबादीको वर्तमान कार्यदिशा रहेको र कसैले यो प्राप्त उपलब्धिलाई केहि पनि होइन अर्को क्रान्ति गर्नुपर्छ भन्ने बिप्लब र यसैलाई सबैथोक हो भनि क्रान्तिलाई नै बिसर्जनमा लाने बाबुराम प्रबृति पनि बिलकुल सहि र वस्तुबादी छैन भन्नुभयो।

समृद्ध नेपाल निर्माणको लागि नेपाल अति नै सम्भावना भएको देश हो, जलस्रोत, युवा जनशक्ति, बन, जडिबुटि, हावापानि सबै दृष्टिले बिस्वकै सम्पन्न भएको मुलुक हो र पनि राजनैनितिक ब्यबस्थाको कारणले संधै पछि परेकोले अब मुलुकमा संघिय नेपालको नयाँ संबिधान कृयान्वयन गरि समृद्ध र नयाँ नेपालको निर्माण गर्नै पर्ने अभियानमा लाग्नु परेकोले प्रवासि नेपालिहरुले पनि यसमा सहयोग गर्न अव्हान गर्नु भयो।

समृद्ध नेपाल निर्माणको लागि आन्तरिक राष्ट्रिय एकतालाई बलियो पार्दै राष्ट्रिय अखण्डताको रक्षा ,राजनैतिक भ्रष्टिकरणको अन्त, समाबेसि लोकतन्त्रको तलै सम्म कृयान्वयन गरेमा सम्मुनत नेपाल निर्माण हुने छ र रोजगारी कै लागि आफ्नो जन्म भुमि, बा ,आमा, परिवार छोडेर प्रवासीन पर्ने बाध्यताको अन्त गर्नै पर्ने दायित्व छ भन्नु भयो । देश भित्र कर्मचारितन्त्र देखि सबै ठाउँमा राजनैतिक पार्टीकरणले योग्य र सक्षम ब्यक्तिले अवसरबाट बन्चित हुनु परेको र गलत मानिसहरुले अवसर पाउने गरेकोले त्यस्तो प्रबृतिको पुर्ण अन्त गर्नै पर्ने र त्यस्को लागि प्रचण्ड सरकारले केहि सुधारको पहल गरेको र त्यसको सुखद परिणाम पनि देखा परेको छ भन्नु हुदै चिलिमे जल बिध्युतमा राम्रो काम गर्दागर्दै एमालेको जलस्रोत मन्त्रिले हटाएको योग्य ब्यक्ति कुलमान घिसिङलाई उचित जिम्मेवारि दिएको र म्यानपावर ब्यबसायिलाई नै नेपालिहरु बढि रोजगारिमा जाने गन्तब्य मुलुकको राजदुत जस्तो गरिमामय जिम्मेवारिमा नियुक्त गर्ने सवाललाई सच्याएको उदाहरण पनि दिनु भयो।

सोही सन्दर्भमा बिशेष अतिथिको आसनबाट बेनेलक्सको लागि नेपाली महामहिम राजदुत लोक बहादुर थापाले बिदेशमा बसेका सबै नेपालीहरु अबैतनिक दुतहरु नै हुन, सबैले नेपालको लागि पर्यटन तथा ब्यापारको पहल गर्नुपर्ने र नेपालको बारेमा सकारात्मक प्रचार गर्न आव्हान गर्नुभयो।

नेपाल र नेपालीको नकारात्मक प्रचार मात्रै भएमा वा नेपालीहरुको आचरण, ब्यहारले पनि बिदेशी पर्यटकलाई प्रभाव पार्ने भएकोले त्यसतर्फ पनि ध्यान पुरयाउनु पर्ने बताउनु भयो । अधिबेसनको शुभकामना दिनेहरुमा संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्ष सुरेन्द्र भुषाल , माओबादी केन्द्रको महाधिबेसन आयोजक समितिका सदस्य दिपेस पुन, एनआरएन केन्द्रीय सचिव अर्जुन श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, नेपाली जनप्रगतिशिल मोर्चा युरोपको अध्यक्ष बिष्णु भुजेल, नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष सिता सापकोटा, ओएनएफको अध्यक्ष बोधराज पौडेल, प्रवासि एकता समाज राप्रपा बेल्जियमको का.वा. अध्यक्ष दिपेन्द्र के सि, नेपाली संघिय समाज समाज बेल्जियमका महासचिव लोक राना मगर, नेपाली एकता मञ्च बेल्जियमका अध्यक्ष तोयानाथ कँडेल, जनप्रगतिशिल मञ्च स्पेनको अध्यक्ष गंगा भुसाल, जनप्रगतिशिल मञ्च ईटालिको तर्फबाट बाबुराम खतिवडा, नेपाली प्रगतिशिल महिला मञ्च बेल्जियमको महासचिव दुर्गा तिवारी समेतले अधिबेसन सफलताको शुभकामना दिनुभएको थियो।

अधिबेसनमा माओबादी केन्द्रको महाधिबेसन आयोजक समितिको सदस्य टासि लामा, बेलायतबाट कर्ण साहि, सुरेन्द्र श्रेष्ठ, दधिराज घिमिरे, एनआरएन महिला सहसंयोजक रजनि प्रधान पत्रकारहरु तथा बेल्जियम स्थित बिभिन्न समाजको अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जनप्रगतिशिल मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष चित्र सुबेदीको सभापतित्वमा स्वागत मन्तब्य महिला मञ्चको कावा अध्यक्ष ईन्दिरा पौडेलले दिनु भएको थियो भने महासचिव कृष्ण तिवारीले सञ्चालन गर्नुभएको थियो।

नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं अधिबेशनले जित बहादुर लामाको अध्यक्षतामा ३५ सदस्यिय नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरयो भने शुष्मा भुषालको अध्यक्षतामा २५ सदस्यिय नेपाली प्रगतिशिल महिला मञ्चको पनि सर्वसम्मतिले नयाँ कार्यसमितिको निर्वाचित गर्यो।

जस अनुसार नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको कार्यसमितिमा अध्यक्ष जित बहादुर लामा, उपाध्यक्षहरुमा होम गुरुङ, कल्पना मगर, दुर्गा सुबेदी , भिम सुबेदी , महासचिव पवन सुबेदी , सचिव रबिन श्रेष्ठ, कोषाध्यक्ष लोक बहादुर नेपाली (काजि), सह-कोषाध्यक्ष प्रशान्त श्रेष्ठ, सदस्यहरुमा बिरमान मगर, शुष्मा भुसाल, लिलाधर पन्त, गणेस घिमिरे, घनश्याम शर्मा, धर्म पाठक, जगत कुँवर, अर्जुन तिवारी, परशुराम रेग्मी, रमेश कार्की , खेम न्यौपाने (वस्टन्डे), भिम कुँवर, मख्खन नेपाली , चित्र बहादुर सिंह, कृष्ण सुनुवार, खेम न्यौपाने (आन्तोर्पेन), शुसिला खतिवडा, राज कुमारि न्यौपाने ( रश्मि), सरस्वति सुबेदी , समिता सुबेदी , रामचन्द्र सुबेदी , सुदेश मणि पोखरेल, सुजन ढकाललाई सर्व सम्मतिले निर्वाचित गरिएको छ।

नेपाली प्रगतिशिल महिला मञ्चको नयाँ निर्वाचित कार्य समितिमा अध्यक्ष शुष्मा भुषाल , उपाध्यक्ष ईन्दिरा पौडेल, सरस्वति सुबेदी , दुर्गा तिवारि, राज कुमारि पोखरेल (रश्मि), साबित्रा भारति, महासचिव शुसिला खतिवडा, सचिव सिता दाहाल, केषाध्यक्ष समिता सुबेदी , सदस्यहरुमा कमला सुबेदी , निर्मला सुबेदी , बिमला रोका, लक्ष्मि पौडेल, लक्ष्मि सुबेदी , असलि घिसिङ, लक्ष्मि पौडेल, डिना रेग्मी, रिता श्रेष्ठ, चन्द्रा सिंह, साधना बोहोरा, कमला तिवारी, सकुन्तला घिमिरे, मिना भट्ट, सिता कुँवर, गिता सिंखडा, दुर्गा महतलाई सर्वसम्मत निर्वाचित गरियो।

मञ्चको अधिबेसनलाई नेपाल देखि आउनु भएको बरिष्ठ संगीतकार तथा गायक चेतन सापकोटा र नबिन खडकाले जनबादी तथा राष्ट्रप्रेमका गीत प्रस्तुत गर्नु भएको थियो भने बेल्जियममा मञ्चको स्थापना गर्न महत्वपुर्ण भुमिका गर्नु भएका पुराना महानुभावहरुलाई कदर गर्दै मञ्चको तर्फबाट सम्मान तथा प्रशसा पत्र पनि बितरण गरिएको थियो ।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
तस्बिरहरू : शेर बहादुर छन्त्याल
म्याकलेन, बेल्जियम।





Comments

comments

Leave a Reply

16892